मिस्त्रीको प्रेममा परेर एक महिलाले आफ्नै श्रीमानलाई सिध्याएकी छिन् ।
भारत, पश्चिम ग्रेटर नोएडाको सरस्वती कुञ्जमा महिलाले घर बनाउने मिस्त्रीसँग अवैध सम्बन्ध राखेको पाइएको हो ।
त्यसपछि ती महिलाले आफ्नो श्रीमानको ह त्या गरिन् । नीतुले मिस्त्री हरपाल र एक मजदुरसँग मिलेर श्रीमान् सतीश पालको ह त्या गरेर श वलाई छिमेकी अजयको निर्माणाधीन घरको सेप्टिक ट्याङ्कीमा गाडेकी हुन् ।
परिवारका अनुसार २ जनवरीदेखि सतीश बे पत्ता थिए । उनको परिवार र प्रहरीले उनी बेपत्ता भएको भन्दै उजुरी दर्ता गरेर खोज्न थाल्यो । त्यसपछि अभियुक्त महिला मिस्त्रीसहित फ रार भइन् । प्रहरीले राजकुमारलाई प क्राउ गरी श व बरामद गरिसकेको छ ।
यतिबेला नीतु र मजदुरको खोजी हुँदैछ । बुलन्दशहरको दरवार गाउँका बासिन्दा सतीश पाल आफ्नी श्रीमती र ५ वर्षको बच्चासहित पश्चिम ग्रेटर नोएडाको सरस्वती कुञ्जमा बस्थे । सतीश नोएडाको एउटा एक्सपोर्ट कम्पनीमा काम गरिरहेका थिए ।
त्यहाँ एटा निवासी मिस्त्री हरपाल उनका छिमेकी अजयको घर बनाउने आउँथे । घर निर्माणको क्रममा उनको सतीशकी श्रीमती नीतुसँग अवैध सम्बन्ध कायम भयो ।
जनवरी २ मा सतिश पाल कम्पनीको ड्युटीबाट फर्किएका थिए । यसबीच नीतु र हरपालले योजनाबद्ध रूपमा उनको घाँटी थि चेर ह त्या गर्दिए । उनीहरूले अर्का मजदुरसँग मिलेर श वलाई अजयको निर्माणाधीन घरको सेप्टिक ट्याङ्कीमा फालेर हिडे ।
प्रहरीका अनुसार अभियुक्तले शवमा सिमेन्ट खन्याएर ढलानसम्म गरेको पाइएको छ । आरोपित महिलाले घटनाबारे कसैलाई बताइनन् । धेरै दिनसम्म सतिशसँग कुरा गर्न नपाएपछि परिवारले खोजी गर्न थाल्यो र प्रहरीलाई खबर गर्यो । त्यसपछि मात्रै आरोपी नीतु मिस्त्रीसँगै फ रार भएकी हुन् । आफन्तको जानकारीका आधारमा बिशारख कोतवाली प्रहरीले दुवै अभियुक्तको खोजी सुरु गर्यो ।
समातिएपछि हरपालले ला श गाडेको ठाउँबारे जानकारी गराए । शनिबार राति प्रहरीले घरभित्रबाट श व निकालेर पोस्टमार्टमका लागि पठायो ।
डीसीपी मध्य क्षेत्र रामबदन सिंहका अनुसार राजकुमारलाई प क्राउ गरी उनको सुराकीमा युवकको श व बरामद गरिएको छ । श व पोस्टमार्टमका लागि पठाइएको छ । अभियुक्त नीतु र मजदुरलाई पनि छिट्टै पक्राउ गरिनेछ ।-जनबोली बाट
Discussion about this post