nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरको प्रिन्सी फार्मेसीमा Expire औषधि : एउटै औषधि दुईपटक किन्दासमेत Expire पाइयो

सजिलो पोस्ट सजिलो पोस्ट
२०७९ पुष २७, बुधबार १५:२८
जनकपुरको प्रिन्सी फार्मेसीमा Expire औषधि : एउटै औषधि दुईपटक किन्दासमेत Expire पाइयो

जनकपुरधाम । जनकपुरधामस्थित एक औषधि पसलेले म्याद गुज्रेका औषधि बिक्री गरेको पाइएको छ । प्रादेशिक अस्पतालको गेटअगाडि सञ्चालित प्रिन्सी फार्मेसीले म्याद नाघिसकेको औषधि बिक्री गरेको उपभोक्ताले गुनासो गरेका हुन् ।

सोमबार बिहान आफ्नो छोराका लागि ‘इबास्ट’ नामक औषधि किन्न पुगेका स्थानीय सुजित मिश्रलाई सो पसलेले ६ महिनाअघिनै म्याद नाघिसकेको औषधि दिएका थिए । सुजितले सुरूमा सो औषधिको उत्पादन र म्याद गुज्रेको मिति नै नहेरी घर लगे । घर पुगेपछि सुजितको छोराले औषधिको म्याद गुज्रिसकेको हेरेपछि उनलाई सोबारे जानकारी गराए । सुजित फेरी साँझ करिब ७ बजे सोहि औषधि किन्न प्रिन्सी फार्मेसी मै पुगे । तर, दोस्रोपटक पनि पसलेले उनलाई अर्को औषधि (इबास्ट) दिँदा त्यसको पनि म्याद नाघेकै पाइयो । औषधिका बट्टामा करिब एकदर्जन म्याद नाघेका औषधिहरू पाइएको थियो । यति भइसक्दासमेत पसल सञ्चालकले घटनालाई सामान्य रूपमै वर्णन गरेका थिए ।

जबकी औषधि एनअन्तर्गत दफा २३६ मा म्याद नाघेका वा पूर्व सावधानी नलिई औषधि बिक्री, वितरण गर्न नहुने स्पष्ट व्यवस्था छ । कसैले कुनै निश्चित समयावधिभित्र प्रयोग गरिसक्नु पर्ने औषधि सो म्याद नाघेपछि बिक्री गर्न वा कुनै औषधि बिक्री वितरण गर्दा कुनै खास पूर्व सावधानी लिनु पर्नेमा त्यस्तो नलिई बिक्री वितरण गर्नु नहुने उल्लेख छ । यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । सुजितले खरिद गरेर घर लगिसकेपछि आफूलाई म्याद नाघेको औषधि बिक्री गरेको पत्तो पाएको बताए । तर, फेरि त्यहि औषधि किन्न त्यहि पसलमा आउँदा दोस्रोपटक पनि म्याद गुज्रेकै सोही औषधि आफूलाई दिइएको उनले सुनाए ।

प्रिन्सी फार्मेसीले सो औषधि सोमबार दुईपटक मिश्रलाई बिक्री गर्यो । जसको म्याद सन् २०२२ जुन महिनामा सकिसकेको छ । पहिलो पटकमा म्याद गुज्रेको औषधि दिएको र दोस्रोपटक पनि किन्न जाँदा म्याद गुज्रेकै औषधि दिँदासमेत मिश्रलाई मेडिकल सञ्चालकले उल्टो उपभोक्ता दोषी भएको बताए । ‘औषधि हेरेर लैजानुपर्छ भन्ने कुरा उपभोक्ताले नि जान्नुपर्ने हो’, उनले भने । यस्ता प्रतिनिधि घटनाले जिल्ला प्रशासन कार्यालयको अनुगमन संयन्त्रले गर्ने निरीक्षण माथि नै प्रश्न उठेको छ । धनुषाका प्रहरी प्रमुख विश्वराज खड्काले औषधि पसलहरुले म्याद गुज्रेको औषधि बिक्री गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन अनुसार शीघ्र कारवाहीको लागि पहल थालिने बताए ।

म्याद नाघेको औषधि घातक : चिकित्सक

कुनैपनि औषधिको म्याद गुज्रेको छ भने त्यसले कुनै असर नै नगर्ने हुँदा समस्या नियन्त्रणको साटो झन् बढिरहन सक्ने चिकित्सक बताउँछन् । ‘जुन समस्या नियन्त्रणको लागि भनेर औषधि खाएको छ त्यसको म्याद नाघिसकेको छ भने त औषधिले असर नगरी झन् रगतमा ग्लुकोजको मात्रा बढिरहेको हुनसक्छ’, एक प्राध्यापक चिकित्सकले भने, ‘मानसिक रुपमा औषधि खाइरहेको छु भन्ने तर त्यसको असर शरीरमा नपर्दा रोग झनै बल्झिरहेको हुनसक्छ ।’औषधि रासायनिक पदार्थ भएकोले निश्चित म्याद सकिएपछि औषधिको रसायनमा परिवर्तन भई विषालु पदार्थको रुप लिनसक्ने हुँदा त्यस्ता औषधि सेवन आफैमा घातक भएको उनको भनाइ छ ।

Tags: जनकपुरधाममधेस प्रदेश खबर

Discussion about this post

Related Posts

‘बैंक पनि डुब्ने दिन धेरै टाढा छैन’

‘बैंक पनि डुब्ने दिन धेरै टाढा छैन’

धनुषामा ६ थुनुवा फरार प्रकरण : इन्सपेक्टरसहित सबै प्रहरी जिल्ला तानिए,तीन प्रहरी निलम्बित

धनुषामा प्रहरी हिरासत फोडेर भागेका ६ जना थुनुवामध्ये एक जना थुनुवा प क्राउ

धनुषामा ६ थुनुवा फरार प्रकरण : इन्सपेक्टरसहित सबै प्रहरी जिल्ला तानिए,तीन प्रहरी निलम्बित

धनुषामा ६ थुनुवा फरार प्रकरण : इन्सपेक्टरसहित सबै प्रहरी जिल्ला तानिए,तीन प्रहरी निलम्बित

मधेस प्रदेश : सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा मलपोतबाट ८ जना बिचौलिया प क्राउ

मधेस प्रदेश : सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा मलपोतबाट ८ जना बिचौलिया प क्राउ

दुख दिने बैंकको नाम र म्यानेजरको नम्बर जानकारी गराउन उद्योग वाणिज्य महासंघका उपाध्यक्षको अनुरोध

दुख दिने बैंकको नाम र म्यानेजरको नम्बर जानकारी गराउन उद्योग वाणिज्य महासंघका उपाध्यक्षको अनुरोध

सहमतिमै शा रीरिक सम्बन्ध राख्दा केटाले लुकाएर बनाएकाे भिडिओ ब्रेकअप भएपछि साथीहरूलाई पठाइदिएपछि

सहमतिमै शा रीरिक सम्बन्ध राख्दा केटाले लुकाएर बनाएकाे भिडिओ ब्रेकअप भएपछि साथीहरूलाई पठाइदिएपछि

लघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइन : डेपुटी गभर्नर ढुंगाना

लघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइन : डेपुटी गभर्नर ढुंगाना

सिरहाबाट ब्राउन सुगरसहित १० जना प क्राउ

सिरहाबाट ब्राउन सुगरसहित १० जना प क्राउ

ग्लोबल आईएमई लघुवित्तको साथले उकासिएको अञ्जुको जीवनस्तर

ग्लोबल आईएमई लघुवित्तको साथले उकासिएको अञ्जुको जीवनस्तर

धनुषामा हिरासत कक्षको कमजोर भित्ता फोडेर ६ जना थुनुवा फ रार

धनुषामा हिरासत कक्षको कमजोर भित्ता फोडेर ६ जना थुनुवा फ रार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

प्रोटेक मिडिया प्रा.लि. द्वारा संचालित
सजिलोपोस्ट डटकम अनलाइन
केन्द्रिय कार्यालय:बर्दिबास, महोत्तरी
सम्पर्क कार्यालय:
कदम चोक,जनकपुर,धनुषा

सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com

प्रधान सम्पादक:-संगीता साह
सम्पर्क नं.:९८६२५४४३८८
समाचार सम्पादक :-नवीन गोसाई
डेस्क :-संजिप साह
सम्पर्क नं.:९८८५१९२४४९
मार्केटिङ :संजिप साह
सम्पर्क नं.:९८००८०३३९८

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि