महोत्तरी जिल्लाको औरही नगरपालिका–७ भोइलमा एक जना पुरुषको श व फेला परेको छ ।

शव ५४ वर्षीय ईन्द्रदेव झाको भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भोइलमा रहेको ईट्टा भठ्ठा नजिकै पोखरीका डिलमा बनेको फुसको छानो नजिक उनको श व फेला परेको छ ।
श वको आँखा ,मुख गरी शरीरको विभिन्न भागमा चोटपटक लागेको देखिएको छ । श वलाई परीक्षणको लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ र श व परीक्षण पछि मात्रै केही भन्न सकिने जिप्रका महोत्तरीका प्रमुख कृष्ण पंगेनीले बताए । यता स्थानीयवासीहरुले उनको ह त्या गरेर फालेको हुन सक्ने आशंका गरेका छन् ।














Discussion about this post