जनकपुरधाम । धनुषामा ३० वर्षीया महिलाको विभत्स ह त्या गरेको आरोपमा २० वर्षीय युवक प क्राउ परेका छन् ।
सोमबार साँझ जिल्लाको विदेह नगरपालिका ७ बेलापट्टि बस्ने कवितादेवी साहको आफ्नै सुत्ने कोठामा करेन्ट लागि मृ त्यु भएको र उनका १४ महिनाको छोरा घाइते भएको प्रहरीले जानकारी पाएको थियो ।
प्रहरीले यस घटनामा अनुसन्धान गर्दै जाँदा महिलाको आफ्नै भतिजाले ह त्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरी उपरीक्षक विश्वराज खड्काको नेतृत्वमा गएको टोलीले घटनाको अनुसन्धान गर्दा महिलाका जेठाजुका छोरा २० वर्षीय दिलिपकुमार साहको संलग्नता देखिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।
मृ तकको श व र अनुहारमा गम्भीर चोट लागि रक्ताम्मे तथा अर्धन ग्न अवस्थामा फेला परेको थियो । कुकुरसहितको टोलीले अनुसन्धान गर्दै जाँदा दिलीपलाई शंकास्पद अवस्थामा फेला परेको र उनको हातको बुढी औंला तथा घाटीको भागमा चिथोरिएको दाग देखिएको प्रहरीले जनाएको छ ।
दिलीपको शरीर खानतलासी गर्दा उनले लगाएको अन्डरवेयरभित्र कवितादेवीले प्रयोग गर्ने मोवाइल लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको तथा अन्डर वेयरको पछाडि भागमा रगतजस्तो पदार्थ लागेको अवस्थामा फेला परेको छ ।
यस्तै, वरदातको समय लगाएको जिन्स पाईन्ट र भेष्टमा रगत जस्तो पदार्थ लागेको कपडा आफ्नो घरमा ब्याग भित्र लुकाई छिपाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।




















Discussion about this post