nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ९, २०७९, १२:३१ मध्यान्ह
शीतलहर र हिमपातको समयमा कसरी सुरक्षित रहने ?

पुस ९ गते। बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । शुक्रवार बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ ।

बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन् । मङ्सिर अन्तिम सातादेखि सर्लाहीलगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो ।

एक साता अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो घाम लाग्न थालेको थियो तर, बिहीबारदेखि बाक्लो हुस्सु लाग्न थालेको छ ।कठ्याङगिदोे चिसोले पराल ओछ्याएर सुत्न बाध्य मुसहर, चमार, डोम, हलखोर, पासमानलगायत दलित तथा अतिविपन्न परिवार चिसोबाट बढी प्रभावित भएका छन् ।

विपन्न परिवार अहिले परालको भरमा रात बिताउन थालेका छन् । परालको आगो ताप्ने र परालकै ओछ्यान बनाएर रात बित्ने गरेको बह्मपुरी गाउँपालिका–३ भेल्हीका उपेन्द्र रामले बताउनुभयो । ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीकी तेतरी सदा मुसहरले जाडोका कारण दैनिकी कष्टकर बनेको बताउनुभयो । “बिहानैदेखि घर बाहिर निस्कन मुश्किल भएको छ, दैनिक गरिने कामकाजमा बाधा पुगेको छ”, उहाँले भन्नुभयो ।

चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा हालसम्म तीन जनाको ज्यान गइसकेको छ । हरिपुर नगरपालिका–६ लक्ष्मीपुर र वडा नम्बर ९ पिडारीमा उनीहरूले ज्यान गुमाएका हुन् । प्रभावितलाई चिसोबाट जोगाउन पालिका र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको सर्वसाधारणको गुनासो छ ।

अत्यधिक चिसो तथा शीतलहरका कारण स्वासप्रश्वास, रुघाखोकी, निमोनियाजस्ता समस्या देखिएको प्रादेशिक अस्पताल मलङ्गवाका प्रमुख डा नवलकिशोर झाले जानकारी दिनुभयो । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवती शीतलहरबाट प्रभावित छन् । अत्यधिक चिसोका कारण पशुचौपायालाई समेत समस्या भएको छ । चिसोले गाई, भैँसी, बाख्रालगायत घरपालुवा जनावर मर्न थालेको बताइएको छ ।

चिसोबाट जोगाउन पशुचौपायाका लागि गोठमै आगो बाल्ने तथा बोरा ओढाउने गरिएको छ । अत्यधिक चिसोका कारण घरपालुवा जनावरमा स्वासप्रश्वास, निमोनियालगायत समस्या देखिएको पशु सेवा विज्ञ केन्द्र मलङ्गवाका प्रमुख शङ्कर साहले जानकारी दिनुभयो ।रासस

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

बिहारमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु, अधिकांश बालबालिका

बिहारमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु, अधिकांश बालबालिका

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

आतङ्कवाद र बहुराष्ट्रिय अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक: गृहमन्त्री गुरुङ

आतङ्कवाद र बहुराष्ट्रिय अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक: गृहमन्त्री गुरुङ

सिरहामा ९० किलो गाँजासहित एक जना पक्राउ

सिरहामा ९० किलो गाँजासहित एक जना पक्राउ

केवाईसी अपडेटको बहानामा करिब ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

केवाईसी अपडेटको बहानामा करिब ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

सातै प्रदेशका मुख्यमन्त्री रहने गरी साझेदारी विकास मञ्च गठन गर्न मुख्यमन्त्री यादवको प्रस्ताव

सातै प्रदेशका मुख्यमन्त्री रहने गरी साझेदारी विकास मञ्च गठन गर्न मुख्यमन्त्री यादवको प्रस्ताव

गोलबजार स्वास्थ्य चौकीलाई कुमारी बैंकको स्वास्थ्य सामग्री सहयोग 

गोलबजार स्वास्थ्य चौकीलाई कुमारी बैंकको स्वास्थ्य सामग्री सहयोग 

अभिराम शर्माको निलम्बन फुकुवा

अभिराम शर्माको निलम्बन फुकुवा

मौद्रिक नीति: संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि