महोत्तरी। डाक्टर पँकज चौधरीकी श्रीमति नेहा चौधरी र आफूलाई कुमारी आमा भनाउन रुचाएकी निहारिका सिँह राजपुतबाट रामगोपालपुर नगरपालिकाले ५ लाख रुपैयाँ क्षतिपूर्ति असुल उपरको माग गरेको छ ।
बुधबार र विहिबार बाहिरबाट मान्छेहरु बोलाएर नगरपालिकाको सरकारी सम्पतिमा तोडफोड र आगजनी गरी सम्पति नाश गरेको भन्दै महोत्तरीको रामगोपालपुर नगरपालिकाले सो क्षतिको क्षतिपूर्ति उनीहरुबाटै असुल हुनुपर्ने माग गरेको छ ।
रामगोपालपुर नगरपालिकाले विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. पँकज चौधरीकी श्रीमति नेहा चौधरीले उनलाई कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मुद्दा प्रक्रियामा रहेको अवस्थामा बाहिरबाट मान्छेहरु बोलाएर सरकारी सम्पतिमा तोडफोड गराएको भन्दै असुल उपरको माग गरेको हो ।
नगरपालिकाको कार्यालयमा विधिवत न्यायिक समितिमा समेत कुनै उजुरी नआएको अवस्थामा नेहा चौधरी र निहारिका राजपुतले निरन्तर दुई दिनसम्म कामकाज रोकी उच्छृँगल गतिविधि गरेको भन्दै तोडफोड र सरकारी सम्पति नाशको मुआब्जा उनीहरुबाटै असुली गरिदिन जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रशासनसँग माग गरेको छ ।
सरकारी सम्पतिको तोडफोड र आगजनी सहित ढुँगामुढा प्रहारबाट नगर प्रहरी, नेपाल प्रहरी र कर्मचारीहरुलाई समेत घाईते बनाएको भन्दै कुल ५ लाख बराबरको क्षतिपूर्ति उपलब्धको माग गरेको हो । नगरपालिकाका मेयर रामदुलार साहद्धारा जारी गरिएको सो विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई उनीहरुलाई कारवाहीको समेत माग गरेको छ ।
आफ्नै श्रीमान उपर मुद्दामाथि मुद्दा हालेर मुद्दा प्रक्रियामै रहेको बेला कथित अधिकारकर्मीको उक्साहटमा अधिकारको नाममा आगजनी, तोडफोड गर्दै प्रहरी र कर्मचारीलाई समेत घाईते बनाएको हो । नेहा र निहारिकाको यो कदम विरुद्ध समाजिक सँजालमा चर्को विरोध चलेको छ । उनीहरु कुनै एनजिओ, आईएनजिओबाट परिचालित भएर अधिकारको नाममा बितण्डा मच्चाएको आरोप समेत लगाइएको छ ।















Discussion about this post