nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पहिलो प्रयासमै मधेशी चेली निकिता मिश्रले प्रहरी निरीक्षकमा नाम निकालेपछि

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २८, २०७९, १२:४४ मध्यान्ह
पहिलो प्रयासमै मधेशी चेली निकिता मिश्रले प्रहरी निरीक्षकमा नाम निकालेपछि

गत मङ्सिर ८ गते लोकसेवा आयोगले २०७८ सालमा नेपाल प्रहरी सेवा अन्तर्गतको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा लिएको परीक्षाको नतीजा प्रकाशित ग¥यो ।

१ सय ४६ जना उत्तीर्ण भएको नामावली भित्र मधेशी चेली निकिता मिश्रको पनि नाम थियो । त्यो दिन निकिता काठमाडौंकै गल्र्स होस्टेलमा थिइन् । साँझको समयमा नतीजा प्रकाशित हुँदा साथीहरूले उनलाई शुभकामना र बधाई दिन थाले । नतीजा आउने दिन दिउँसोदेखि नै नर्भस भएकी निकिता साँझको समयमा साथीहरूले ख्यालठट्टा गरेको भनेर रिसाइन् पनि । पुनः एकजना साथीले लोकसेवा आयोगको नतीजाको प्रतिलिपिको स्क्रिनसट उनको म्यासेन्जरमा पठाउँदा मात्र उनी विश्वस्त भइन् ।

पछि लोकसेवा आयोगको वेबसाइटमा नतीजा हेरेपछि निकिताले जोडले चिच्याउँदै खुशी साटासाट गरिन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ स्थित चिनीमिल आवास क्षेत्रमा बसोबास गर्ने निकिताले आमासँग भिडियो कलमा खुशीको खबर सुनाउँदा आमा खुशीले छोरीसँगै भिडियो कलमा रुन थालिन् । धेरै सङ्घर्षपछि २३ वर्षीया मिश्रले प्रहरी निरीक्षकमा एकैचोटि सफलता हासिल गरेपछि अहिले वीरगञ्ज, रौतहट र काठमाडौंमा समेत उनको चर्चा चलेको छ ।

सामाजिक सञ्जाल फेसबूकमा निकिता मिश्रको वाल शुभकामनाले भरिएको छ । रौतहटको बलुवा मदनपुर गाउँपालिका स्थायी घर भएकी निकिताको परिवार अहिले वीरगञ्जस्थित चिनीआवास क्षेत्रमा बस्छ । निकिताका बुबा वीरगञ्जकै सिद्धार्थ माविमा कार्यरत छन् ।

सिद्धार्थ माविबाट स्कूले अध्ययन गरेकी निकिताले ठाकुर राम बहुमुखी क्याम्पसबाट बिएस्सी उत्तीर्ण गरिन् भने हाल त्यहि क्याम्पसमा राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दैछिन् । स्नातक सकेर जिएचपी स्कूल वीरगञ्जमा चार वर्षसम्म लेखापालमा जागीर गरेकी निकिताले आफूलाई साहसी महिला प्रमाणित गरेकी छन् ।

चार वर्षअघि प्लस टु सकेर सुब्बाको लिखित परीक्षा उत्तीर्ण भएतापनि अधिकृतस्तरको जागीर खान्छु भन्ने सोचले गर्दा उनी अन्तर्वार्ता दिन नै गइनन् । त्यसपछि स्नातक सकाएर काठमाडौंको कोलम्बिया इन्स्ट्च्युटबाट प्रहरी निरीक्षक पदको तयारी गरेकी निकिता पहिलो प्रयासमैं सफल हुँदा निकै खुशी छिन् ।

मङ्सिर २४ गते (आज) देखि उनी १६ महीने तालीममा सहभागी भएकी छन् । मधेशका छोरीचेलीलाई राज्यका हरेक अङ्ग तथा तहतप्कामा जागीर खानको लागि समाजले प्रेरित गर्नुपर्ने उनको आग्रह छ ।

निकिता भन्छिन्, ‘पहाडी समुदायमा छोरीचेलीलाई स्वतन्त्र वातावरण दिइन्छ, तर मधेशका छोरीचेलीहरु रूढिवादी चिन्तन र सोचाइका कारण पछि पर्दै गर्दै गएका छन् । छोरीलाई विभेद नगरी छोरा सरह शिक्षादीक्षा, पालनपोषण, घुमफिर लगायतमा अभिभावकले ध्यान दिए घरपरिवार, समाज र देशको नाम उज्ज्वल गर्न सक्छन् ।’ 

विगतका दिनमा घुम्टो ओढेर बस्ने मधेशी समुदायका छोरीचेलीहरु अहिले विस्तारै परिवर्तनको बाटोतिर अग्रसर हुँदै गएको वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईले बताए । अब अरु अभिभावकले पनि आफ्ना छोरीहरुलाई शिक्षा दिक्षा दिएर स्वतन्त्रता दिनुपर्ने चौगाईको भनाई छ । छोरीहरु पनि छोराभन्दा कम हुँदैनन् भन्ने कुरा निकिताले सावित गरेको पनि उनले बताए । 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

बिहारमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु, अधिकांश बालबालिका

बिहारमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु, अधिकांश बालबालिका

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

आतङ्कवाद र बहुराष्ट्रिय अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक: गृहमन्त्री गुरुङ

आतङ्कवाद र बहुराष्ट्रिय अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक: गृहमन्त्री गुरुङ

सिरहामा ९० किलो गाँजासहित एक जना पक्राउ

सिरहामा ९० किलो गाँजासहित एक जना पक्राउ

केवाईसी अपडेटको बहानामा करिब ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

केवाईसी अपडेटको बहानामा करिब ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

सातै प्रदेशका मुख्यमन्त्री रहने गरी साझेदारी विकास मञ्च गठन गर्न मुख्यमन्त्री यादवको प्रस्ताव

सातै प्रदेशका मुख्यमन्त्री रहने गरी साझेदारी विकास मञ्च गठन गर्न मुख्यमन्त्री यादवको प्रस्ताव

गोलबजार स्वास्थ्य चौकीलाई कुमारी बैंकको स्वास्थ्य सामग्री सहयोग 

गोलबजार स्वास्थ्य चौकीलाई कुमारी बैंकको स्वास्थ्य सामग्री सहयोग 

अभिराम शर्माको निलम्बन फुकुवा

अभिराम शर्माको निलम्बन फुकुवा

मौद्रिक नीति: संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि