धनुषा/मंसिर २७ गते। स्रोत नखुलेको २४ लाख १७ हजार रुपैयाँसहित सशस्त्र प्रहरीले आज (मङ्गलवार) धनुषाबाट एक जनालाई प क्राउ परेको छ ।
प क्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला मंगपट्टी वडा नंं १ का २३ वर्षीय उमेश कुमार रहेका सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ ।
धनुषाको विदेह नगरपालिका ९ इटहर्वाकाे सीमा इलाकामा भारतबाट आउँदै गरेकाे प्रदेश २–०२–००५ प ५७९८ नम्बरकाे माेटरसाइकलकाे ट्याङ्कीभित्र लुकाएर राखेकाे अवस्थामा २४ लाख १७ हजार रुपैयाँ बरामद गरिएकाे सशस्त्र प्रहरीलेजनाएको छ ।
प क्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरधाम पठाइएकाे सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।




















Discussion about this post