मंसिर १३ गते । सप्तरीमा घाँटी रेटि एको अवस्थामा ५० वर्षीय पुरुषको श व फेला परेको छ ।
सोमबार राति कञ्चनरुप नगरपालिका १ बैरवाका ५० वर्षीय पप्पु भनिने संजय राउतको घाँटी रे टेर ह त्या गरिएको अवस्थामा श व भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहका अनुसार सोमबार राति १० बजे घरबाट निस्केका राउत बिहान अवेरसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए ।
स्थानीय बासिन्दाले राउतको घरदेखि डेढ सय मिटर उत्तरतर्फ रहेको पोखरीमा घोप्टो अवस्थामा श व देखेपछि प्रहरीमा खबर गरेका थिए ।
प्रहरी नायव उपरीक्षक सिंहका अनुसार धारिलो हतियार प्रहार गरी उनको घाँटी रे टी ह त्या गरिएको देखिन्छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Discussion about this post