एक शिक्षिकामाथि अश्ली ल टिप्पणी गरेको आरोपमा तीन नाबालिग विद्यार्थीविरुद्ध उजुरी परेको छ ।
भारत, उत्तर प्रदेशको मेरठमा प्रहरीले निजी विद्यालयका शिक्षिकामाथि अ श्लील टिप्पणी गरेको आरोपमा तीन नाबालिग विद्यार्थीविरुद्ध मुद्दा दर्ता भएको हो ।
यी विद्यार्थीले कक्षामा बसेर शिक्षिकालाई दुव्र्यवहार गरेका थिए । यी विद्यार्थीहरूले कहिले कक्षामा त कहिले बाहिर सार्वजनिक रूपमा शिक्षिकालाई दुर्व्यवहार गर्ने गरेको भिडियो पनि सार्वजनिक भएको छ ।
शिक्षिका टिप्पणीलाई बेवास्ता गर्दै अगाडि जान्छिन् । विद्यार्थीले यो दुर्व्यवहारको भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गरेका हुन् । मेरठ प्रहरीका अनुसार यो घटना किथोर प्रहरी चौकी क्षेत्र अन्तर्गत डा. राम मनोहर लोहिया मेमोरियल कलेजको हो ।
यो एक निजी विद्यालय हो । मेरठका वरिष्ठ प्रहरी उपरीक्षकका अनुसार प्रहरीमा २५ नोभेम्बरमा यस विषयमा उजुरी परेको थियो । महिला शिक्षिकाको उजुरीको आधारमा प्रहरीले आईटी एक्टको धारा ६७ र आईपीसीको धारा ३५४ र ५०० अन्तर्गत मुद्दा दर्ता गरेको छ ।
मेरठका प्रहरी अधिकारी रोहित सिंह सजवानका अनुसार प्रहरीले अश्लीलता र भिडियो बनाउने विद्यार्थीको पहिचान गरिसकेको छ । उनीहरु सबै नाबालिग हुन् ।
उनीहरुलाई हिरासतमा लिई बाल न्यायाधीश समक्ष पेश गर्ने तयारी हुँदैछ । महिला शिक्षिकालाई दुर्व्यवहार गरेको यो भिडियो सामाजिक सञ्जालमा आएपछि आलोचना भइरहेको छ । ट्विटरमा यो भिडियो शेयर गर्दा सामाजिक मूल्यमान्यतामाथि पनि प्रश्न उठाउन थालिएको छ ।
Discussion about this post