सिरहा/मंसिर १० गते। सिरहाको नरगी-बडहरि सडक खण्डमा एक युवक मृ त अवस्थामा फेला परेको छ।
शुक्रबार राती बडहरिबाट नरगी जाने क्रममा बरियारपट्टि १ घर भएका ३२ वार्षिय राम शंकर यादव बाटोमा मृ त अवस्थामा भेटिएको बताईएको छ।
बडहरिमा काम विशेषले गएका राम शंकर यादव फर्किदा आफ्ना मित्र डम्बर यादव लाई लिएर नरगी तिर गएको स्थानीयले बताए । हाल डम्बर यादव लाई अनुसन्धानका निम्ति नियन्त्रणमा लिएको खुलेको छ। मृत यादव सवारी दुर्घटना परेको प्रहरीके बताएपनि घटनाको प्रकृति त्यस्तो नरहेको बरियारपट्टि गा.पा.१ का अध्यक्ष देवेन्द्र यादवको भनाइ छ।
अध्यक्ष यादवले मृत यादवको मुख रक्ताम्य रहेको तर उनको मोटरसाइकलमा केही नहुनुले ह त्याको आशंका उब्जाएको बताए । जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
Discussion about this post