nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

उम्मेदवारको उपेक्षामा जनकपुरधामको राराब क्याम्पस

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २९, २०७९, ९:३५ मध्यान्ह
उम्मेदवारको उपेक्षामा जनकपुरधामको राराब क्याम्पस

कार्तिक २९ गते। कुनै बेला रामसागर रामस्वरुप बहुमुखी (राराब)क्याम्पसको ठूलो शान थियो । गर्वले त्यहाँबाट पढेको विद्यार्थीहरु परिचय दिने गरेका थिए । क्याम्पसको नतिजा निकै राम्रो हुन्थ्यो । यहाँबाट उत्तीर्ण भएका विद्यार्थीहरुको जागिर पक्काजस्तै हुन्थ्यो । त्यतिबेला क्याम्पसले दक्ष विद्यार्थी मात्रै उत्पादन गरेनन्, थुप्रै नेताहरु पनि उत्पादन गरे । प्रथम राष्ट्रपति डा. रामवरण यादवदेखि निर्वतमान नगर प्रमुख लालकिशोर साह पनि त्यही क्याम्पसमा अध्ययन गरेका छन् ।

आसन्न निर्वाचनमा पनि सोही क्याम्पसबाट अध्ययन गरेका एक दर्जनभन्दा बढी अगुवाहरु अहिले चुनावी मैदानमा छन् । तर उनीहरुको चुनावी एजेण्डामा राराब क्याम्पस सुधारको योजना परेको देखिदैनन् । अहिले राराब क्याम्पसको पठ्नपाठन एकदमै खस्किएको छ । क्याम्पसमा करिव ६ हजार विद्यार्थी अध्ययनरत रहेको अभिलेख रहे पनि एक हजार विद्यार्थी मात्रै नियमित पढ्न आउने गरेको राजनीतिशास्त्रका प्राध्यापक रामु साह बताउँछन् । यसले पनि क्याम्पसको शैक्षिक अवस्था बारे पुष्टि गर्छ ।

मधेश आन्दोलनपछि विद्यार्थीहरु शतप्रतिशत चोरीमा आश्रित भएको प्राध्यापक साहको भनाइ छ । ‘विद्यार्थीहरु पूर्णत अमर्यादित गर्नमा आश्रित भएका छन् । यसका कारण जुन दिनको परीक्षामा अनुगमन भयो भने विद्यार्थी फेल नै हुन्छन्,’उनले भने,‘विद्यार्थीहरु नियमित पढ्न आउने गरेका छैनन् ।’ यहाँको भवन पनि जीर्ण भएको छ । पुस्तकालय प्रयोगविहीन छ । शौचालय र खानेपानीको समस्या त वर्षौदेखिको छ । अहिले पनि परम्परागत शैलीमै कालो पाटीमा पढाइ हुन्छ । कक्षाकोठाको डेस्क बेञ्चमा माकुराले जालो बनाएका छन् । कक्षाकोठाको भित्ताहरुमा अनावश्यक शब्दहरु लेखिएको छ । दुई दशकदेखि पठ्नपाठन हुने भवन रंगिएका छैनन् ।

विज्ञान संकाय भवनको बीचमा रहेको चौर पनि भद्रगोल अवस्थामा छ । त्यहाँ कतै रुख ढलेको छ त कतै फोहर जलाइएको छ । पानी ट्याकीबाट चुहिएको पानीहरु पनि अव्यवस्थित छ । ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) चौथो वर्षमा अध्ययनरत श्रुति साहले व्यवस्थापनकै कमजोरीले क्याम्पस भद्रगोल अवस्थामा पुगेको बताउँछिन् । क्याम्पस प्रमुखसँग पटक– पटक खानेपानी, शौचालय र पठनपाठन सामग्रीको समस्या सुनाए पनि बेवास्ता गरिएको उनको गुनासो छ । ‘ शौचालय अभाव छ । हामीलाई अर्को भवनमा जानुपर्छ,’उनले भने,‘खानेपानीको व्यवस्था छैन् ।’ प्रयोगात्मक अभ्यासको लागि विद्यार्थीहरुले प्रस्ताव गर्दा क्याम्पस प्रमुख प्रदीप साहले बेवास्ता गरेको उनले बताइन् । छात्रा विद्याथीहरुको लागि प्याडको व्यवस्था गरिएको छैन् । महिनावारीको समयमा विद्यार्थीहरु अनुपस्थित हुने गरेको श्रुतिले बताइन् । प्राध्यापक साहले नेताहरुमा किताबी ज्ञानको अभावमा राराब उपेक्षामा परेको बताउँछन् । ‘ अहिलेको नेताहरु राजनीतिलाई सेवा न बनाइ व्यवसाय बनाएका छन् ।

सेवाको भाव नदेखाएर मनमा स्वार्थ पाले,’उनले भने,‘ अहिलेको नेताहरुमा किताबी ज्ञानको पनि अभाव देखिएको छ । उनीहरु ज्ञानको आधारमा नेता बनेको होइनन्, ढुङ्गा फालेर र टायर बालेर नेता बनेका छन् ।’ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता परमेश्वर साह पनि यही क्यामप्सबाट अध्ययन गरेका छन् । साह अहिले यी क्याम्पस पर्ने क्षेत्र अर्थात धनुषा निर्वाचन क्षेत्र ३ को ‘क’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका छन् । उनी यसयघि पनि एक पटक प्रदेश सांसद भइसकेका छन् । तर उनले शिक्षा सम्बन्धी अधिकार प्रदेश सरकार मातहत नहुँदा सुधार गर्न नसकिएको बताए । उनका अनुसार नेपालको संविधानमा प्लस टु सम्मको अधिकार स्थानीय तहलाई र सो भन्दा माथिको अधिकार केन्द्रमै राखेका छन् । ‘प्रदेश सरकारले आफ्नो विश्वविद्यालय ल्याउन सक्छ, बनाउँछ । तर पहिलेदेखि सञ्चालनमा रहेको शैक्षिक संस्थामा भौतिक संरचना निर्माण बाहेकको कुनै अधिकार प्रदेशमा दिइएको छैन्,’उनले भने,‘कर्मचारी वा शिक्षक सरुवा/बढुवाको अधिकार प्रदेशमा नआउँदा पनि सुधार गर्न कठिनाई देखिएको छ ।’

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

मिथिला क्षेत्रमा चौरचन पर्व धुमधामका साथ मनाइयो

मिथिला क्षेत्रमा चौरचन पर्व धुमधामका साथ मनाइयो

राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बित मेयर पद फुकुवा

राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बित मेयर पद फुकुवा

असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा भाग नलिन शशांक कोइरालाको आग्रह

असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा भाग नलिन शशांक कोइरालाको आग्रह

नेपाललाई दैनिक १८ घण्टासम्म बिजुली दिने भारत सरकारको निर्णय

नेपाललाई दैनिक १८ घण्टासम्म बिजुली दिने भारत सरकारको निर्णय

मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि