सिरहा/कार्तिक २७ गते। सिरहा प्रहरीले प्रतिबन्धीत लागुपदार्थ ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
धनगढीमाई नगरपालिका ५ तेतिसबिघा सडकबाट १० ग्राम ९ सय २० मिलिग्राम अवैध लागू पदार्थ ब्राउनसुगर सहित धनगढीमाई नपा १३ का २२ वर्षिय बलराम यादव र १८ वर्षिय हरिनारायण यादवलाई प्रहरीले शनिवार अपरान्ह नियन्त्रणमा लिएको हो।
स. ८ प २२९९ नम्बरको मोटरसाइकलमा दक्षिणबाट उत्तरतर्फ आईरहेकाबेला ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट २९ हजार नगद सहित ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवाश बुढाथोकीले जानकारी दिए।
प क्राउ परेका उनीहरुलाइ आजै जिल्ला अदालत सिरहाबाट लागु औषध कारोवार मुदामा म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।

















Discussion about this post