एजेन्सी । भौगोलिक अवस्थाले पनि अधिकांश देशका दर्शकलाई आकर्षित गरेको छ । कतार विश्वकपमा १० देखि १५ लाख दर्शक पुग्ने अनुमान गरिएको छ ।
यात्रा गर्न सहज
कतार आफैँमा सानो देश हो । सन् २०१८ को विश्वकप आयोजक रुसको तुलनामा त यो भौगोलिक रूपमा झनै सानो देश हो । भौगोलिक रूपमा सानो भएकाले एक ठाउँबाट अर्को ठाउँमा पुग्न कुनै समस्या देखिँदैन । दोहा, लुसेल, अल वाक्रह, अल रेयानजस्ता खेल आयोजना हुने महत्वपूर्ण सहर नजिकको दूरीमा छन् । तसर्थ, एक स्थानबाट अर्को स्थानमा पुग्दा यात्रु र दशर्कले ठूलो समस्या सामना गर्नुपर्नेछैन । सबैभन्दा टाढा भनिएका दुई रंगशाला अल बेत र अल वक्राह ९० माइल्सको दूरीमा छन् ।
रंगशालामा एयर कन्डिसन
फिफा २०२२ का लागि आयोजक देश कतारमा दिउँसो उच्च तापक्रम हुने गर्छ । यस समस्यालाई सम्बोधन गर्न कतारले एयर कन्डिसनको विकल्प ल्याएको छ । कतारका सबै आठै स्थान पूर्ण रूपमा वातानुकूलित हुनेछन्, जसले खेलाडीलाई पिचमा प्रदर्शन गर्न सहयोग गर्नेछ । पहिलोपटक पूर्ण वातानुकूलित रंगशालामा फिफा विश्वकप आयोजना गर्न लागिएको हो ।
मदिराको पनि व्यवस्था
कतारले फिफा २०२२ विश्वकपलाई ठूलो सफलता बनाउन कुनै कसर बाँकी राखेको छैन र ‘फ्यान जोन्स’ त्यसको ठूलो हिस्सा हुनेछन् । कतारमा विश्वकपको समयमा मदिरा उपलब्ध हुने विषयमा धेरै चर्चा भएका छन् । यद्यपि, रंगशालाले फुटबलप्रेमीलाई मदिरा प्रदान गर्नेछैन । यसका लागि कतारले विकल्प फेला पारेको छ । त्यसका लागि देशभर फ्यान जोन स्थापना हुनेछन्, जसले सस्तो मूल्यमा मदिरा प्रदान गर्नेछन् ।
एसियामा दोस्रोपटक आयोजना
विश्वकपको २२औँ संस्करण आयोजना गर्ने कतार पहिलो मध्यपूर्वी देश हो । तर, एसियामा भने दोस्रोपटक विश्वकप आयोजना हुन लागेको हो । यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियामा विश्वकप आयोजना भएको थियो ।
स्रोत-हिमाली पत्रीका अनलाईन बाट
Discussion about this post