nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विश्वको सबैभन्दा बढी मुस्लिम भएको देशको नोटमा हिन्दु देवताको तस्बिर किन ?

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ११, २०७९, १०:२० मध्यान्ह
विश्वको सबैभन्दा बढी मुस्लिम भएको देशको नोटमा हिन्दु देवताको तस्बिर किन ?

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बुधवार भाजपा र कांग्रेसलाई चकित पार्दै भारतीय मुद्रामा हिन्दु देवता गणेश–लक्ष्मीको तस्बिर राख्न अपिल गरे । अरविन्द केजरीवालले आफ्नो उक्त अपीलमा यदि विश्वको सबैभन्दा ठुलो मुस्लिम देश इन्डोनेसियाले उसको मुद्रामा गणेशको फोटो राख्न सक्छ भने हिन्दु बहुल मुलुक भारतले किन नगर्ने भन्ने प्रश्न गरेका छन् । 

आम आदमी पार्टीका प्रमुखले इन्डोनेसियाको ८५ प्रतिशत जनसंख्या मुस्लिम र दुई प्रतिशत मात्र हिन्दु रहेको तर पनि आफ्नो मुद्रामा हिन्दु देवता गणेशको तस्बिर राखेको बताएका छन् । बुधवार बिहान करिब ११ बजे अरविन्द केजरीवालले यो विषय उठाएका थिए । त्यसपछि यो मुद्दा टिभी च्यानलदेखि सामाजिक सञ्जाल र इन्टरनेटसम्म बहसको विषय बनेको छ । गुगल ट्रेन्ड्सका अनुसार केजरीवालको उक्त बयान दिएको पत्रकार सम्मेलनपछि ‘इन्डोनेसियाको मुद्रा’ को खोजीमा ठुलो वृद्धि भएको छ । भारतीय इन्टरनेट प्रयोगकर्ताहरूले इन्डोनेसियाली मुद्रामा हिन्दु देवता गणेशको तस्बिर हुनुको कारण खोजेको देखिन्छ । 

आखिर इन्डोनेसियाली नोटमा हिन्दु देवताको तस्बिर किन ?

बिबिसीको खोजमा इन्डोनेसियाले सन् १९९८ मा एउटा खासमा थिममा हिन्दु देवता गणेशको फोटो रहेको नोट जारी गरेको पत्ता लागेको छ । यो नोट हाल चलनमा छैन । सामाजिक सञ्जालमा भाइरल भइरहेको गणेशको तस्बिर रहेको इण्डोनेशियाली नोटको तस्बिरलाई ध्यान दिएर हेर्नुभयो भने एकातिर हिन्दु देवता गणेश र एक व्यक्तिको तस्बिर देखिन्छ । अर्कोतर्फ केही बालबालिका पढ्दै गरेको तस्बिर देखिन्छ । बिबिसी इन्डोनेसिया सेवासँग आबद्ध वरिष्ठ पत्रकार अस्तुदेस्ट्रा अजेन्ग्रस्त्रीका अनुसार ‘इन्डोनेसियाले आफ्नो मुद्रँमा हिन्दु देवता गणेशको तस्बिर राखेर देशको सांस्कृतिक विविधता देखाउन खोजेको’ बताइन् । 

‘सन् १९९८ मा जारी गरिएको गणेश अंकित नोटको थिम शिक्षा थियो । इन्डोनेसियामा गणेशलाई कला, बुद्धि र शिक्षाका देवता मानिन्छ । यहाँका धेरै शैक्षिक संस्थाहरूमा गणेशजीको छवि पनि प्रयोग गरिन्छ ।’ नोटमा इन्डोनेसियाको राष्ट्रिय नायक ‘की हजार देवन्तरा’ को तस्बिर पनि छ । यो देश डेनमार्कको उपनिवेश भएको युगमा उनले इन्डोनेसियालीहरूको शिक्षाको अधिकारको लागि लडेका थिए । त्यसबेला धनी र डच समुदायका बालबालिकालाई मात्र विद्यालय जान दिइने बेला उनले सबैको शिक्षाको पक्षमा अभियान चलाएका थिए ।

तर, इन्डोनेसियाको बाली टापुमा रहेको हिन्दु मन्दिरको तस्बिर रहेको मुद्रा भने अझै पनि इन्डोनेसियामा प्रचलनमा छ । अस्तुडेस्ट्राले यसको पुष्टि गर्दै भनेका छन् ,‘ पचास हजार रुपैयाँको नोटमा बालीको मन्दिरको तस्बिर छ । बालीमा हिन्दु समुदायको बाहुल्यता छ ।’ इण्डोनेशियाको एक नोटमा हिन्दु धर्मका प्रतीक रहेको सही भए पनि अन्य नोटमा  अन्य धर्म र समुदायका प्रतीकलाई स्थान दिइएको छ । 

मुस्लिम बहुल इन्डोनेसियामा किन लोकप्रिय छन् हिन्दु देवता गणेश ?

इन्डोनेशियाको बाली टापुमा बसोबास गर्ने ९० प्रतिशत जनसंख्या हिन्दु भए पनि हिन्दूहरु इण्डोनेशियाभर छरिएका छन् । समग्र इण्डोनेशियामा हिन्दुको जनसंख्या दुई प्रतिशत छ । इन्डोनेसियाको समाज र संस्कृतिलाई हेरियो भने धेरै क्षेत्रमा इन्डोनेसियाको हिन्दु इतिहासको झलक देखिन्छ । इन्डोनेसियामा विगतमा धेरै हिन्दु राजवंशहरूले शासन गरेका छन् । सातौंदेखि १६ औं शताब्दीको बीचमा इन्डोनेसियामा शासन गर्ने अधिकांश राजाहरू हिन्दु–बौद्ध थिए । तिनमा मजापहित साम्राज्य र श्री विजया साम्राज्य तिनीहरूमध्ये सबैभन्दा ठुलो थियो । त्यस अवधिमा इन्डोनेसियाली टापुहरू हिन्दु धर्म फैलिएको थियो ।  टापुमा हिन्दु धर्मसँगै संस्कृत भाषा पनि उलेख्य प्रयोग हुन्थ्यो । 

यस लामो इतिहासको छाप अहिलेको इन्डोनेसियामा पनि देखिन्छ । इन्डोनेसियाको राष्ट्रिय प्रतीक गरुड हो, जुन प्रत्यक्ष रूपमा हिन्दु पौराणिक ग्रंथहरूसँग सम्बन्धित छ । रामचरित मानसका अनुसार सीतालाई श्रीलंकाबाट फर्काउन गरुड पक्षीले रामलाई सहयोग गरेको थियो । इन्डोनेसियाली हवाई सेवा नाम पनि गरुडा एयरलाइन्स हो, जसको लोगोमा पौराणिक चरा गरुडको छवि पनि प्रयोग गरिएको छ । त्यस्तै इन्डोनेसियाको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरू मध्ये एक, बान्डुङ्ग इन्स्टिच्युट अफ टेक्नोलोजीमा गणेशको चित्र अंकित लोगो प्रयोग गरिन्छ । 

यससँगै इन्डोनेसियाको एक ठाउँमा सन् १९६१ देखि लगातार रामायण मञ्चन भइरहेको छ । हिन्दूसँगै अन्य धर्मका मानिसहरू पनि रामायणसँग जोडिएका पात्रहरू खेल्न लागेका छन्, यसका साथै इन्डोनेसियामा हिन्दु नाम पनि प्रचलित छ । जबकि इण्डोनेशिया २३ करोड मुस्लिम जनसंख्या भएको विश्वमा सबैभन्दा बढी मुस्लिम भएको देश हो । २१ करोड मुस्लिम जनसंख्यासहित पाकिस्तान दोस्रो र भारत २० करोड मुस्लिम जनसंख्यासहित तेस्रो स्थानमा छन् । 

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!