राजविराज/कार्तिक १ गते । नेपाल सद्भावना पार्टीले मधेसका मसियाहा स्व :गजेन्द्र नारायण सिंहको समाधि स्थाल(आश्रम)बाट जनजागरण तथा भण्डाफोट घरदेलो अभियानके सुरुवात गरेको छ ।

नेपाल सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष रामकुमार महतो सहितका नेता तथा कार्यकर्ताहरुले सप्तरीको राजविराज वडा नं. ३ स्थित गजेन्द्र नारायण सिंह समाधि स्थालमा फुलमाला चढाएर मधेस प्रदेशको ८ वटै जिल्लामा जनजागरण तथा भण्डाफोट सहित चुनावी प्रचारप्रसारमा लागिएको जनाइएको छ ।
सो क्रममा राष्ट्रिय अध्यक्ष महतोले सप्तरी जिल्ला ऐतिहासिक जिल्ला रहेको बताउदै यो जिल्लामा संस्थापक सदभावना पार्टीका अध्यक्ष गजेन्द्र नारायण सिाहको जन्मस्थाल जिल्ला भएको बताए । गजेन्द्र बाबु जस्तो निस्वार्थ भवना भएको अरु मधेवादी दलका नेताहरुमा नदेखिएको आरोप लगाउदै अहिले परिवारवादमा लिप्त भएको बताए ।

यही मंसिर ४ गते हुने आमचुनावमा पनि मधेसवादी दलका नेताहरु आफनो परिवारवादलाई बढावा दिदै हाफनो नाता गोताहरुलाई उम्मेदवार बनाइएको समेत आरोप लगाएका छन ।गजेन्द्र बाबुको सपना सकार गर्न पुन: नेपाल सदभावना पार्टी स्थापना गरेर अगामी निर्वाचनमा आफुहरु पनि भाग लिएको राष्ट्रिय अध्यक्ष महतोको भनाई थियो ।
मधेसी जनताको अधिकारका लागि नेपाल सदभावना पार्टीलाई भोट दिएर सहयोग गर्न उनले आग्रह समेत गरेका छन ।पार्टीका केन्द्रीय महासचिव नागेन्द्र सिाहले सप्तरीबाट चुनावको प्रचारप्रसार सहित सुरु भएको जनजागरण अभियान मधेस प्रदेशमा १६ दिन सम्म निरणतर जारि रहने बताए । साथै हुलाकी सडकमा पर्ने सबै जिल्लामा ४ दिन गजेन्द्र नारायण सिाह पथ यात्रा धनुषा जिल्लाको ढलकेवरबाट सुरु गरि मधेस प्रदेश भरी यसको प्रचारप्रसार गर्ने महासचिव सिाहले जानकारी दिए ।
नेपाल सदभावना पार्टीले असोज ३० गते घोषण पत्र जारी गर्दै मधेस प्रदेशमा ६ स्थानमा प्रतिनिधि सभाका उम्मेदवार उठाएका छन भने प्रदेश सभा सदस्यका लागि ९ जना उम्मेदवार चुनावी मैदानमा रहेको बताइएको छ ।
उक्त अभियानमा पार्टीका केन्द्रीय महासचिव नागेन्द्र सिाह,सामुनापातिक उम्मेदवार (सप्तरी)का रामअशिष मण्डल, नेता महालाल मण्डल,सितादेवी ठाकुर,फुलनदेवी सदा, पलट पण्डित र जितन राम लगायत सहभागिता रहेका छन ।

















Discussion about this post