प्राप्नोति निश्चितम् । अर्थात् जुन जुन कामनाले भगवतीको आराधना गरिन्छ ती सबै कामना सिद्ध हुने कुरा दुर्गासप्तशतीको देव्या कवचमा बताइएको छ । आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म नवरात्र मनाइन्छ ।
शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ । ‘नवदुर्गा भगवती घोडामा सवार भई आउनुहुनेछ र हात्तीमा सवार भई जानुहुनेछ’ नवरात्रीमा नवमीको समय माता भगवतीको आगमन तथा गमनका लागि चार फरक सवारिको प्रयोग हुनेगर्दछ ।
यसमा हात्ती, घोडा, डोली तथा ढुङ्गाको सवारी रहेका छन् । पण्डितहरुका अनुसार नवरात्रिको अनुष्ठान बिहिबार प्रारम्भ हुनेछ । तर तिथी अनुसार बुधबार राती ११ः४४ बजेबाट नै माता भगवतीको आगमन हुनेछ । र वहाँको गमन महानवमीका दिन अर्थात बिहिबार हुनेछ । यस वर्ष माता दुर्गा डोलीमा सवार भई आउनुहुनेछ भने हात्तीमा सवार भई प्रस्थान गर्नुहुेनेछ ।
नौ दिनसम्म कुन–कुन दिन कसको र के -के सामग्री अर्पण गरी पूजा आराधना गर्ने ?
वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक दीप, कलश स्थापना गरी षोडशोपचारले पूजा गर्नु पर्दछ ।
सोही कलशमा महाकाली, महालक्ष्मी महासरस्वती दुर्गा भगवतीको षेडशोपचारले आवाहन पूजन हुने गर्दछ । यसरी पूजन पश्चात् सप्तधान्य छर्नु पर्दछ । भगवती दुर्गा देवीका विभिन्न उपासना मन्त्रले आवाहन पूजन गरी दुर्गा सप्तशतीको पाठ पारायण नित्य गर्नु पर्दछ ।
पहिलो दिन
यदि लामो आयु र कुनै प्रकारको दीर्घ रोगबाट बच्नका लागि पहिलो दिन शैलपुत्रीको पूजा आराधना र गाईको घ्यूबाट बनाइएका परिकार चढाएमा आरोग्य प्राप्त हुन्छ ।
आराधना गरेमा ज्ञान र बुद्धि प्रदान हुनुका साथै कुनैपनि प्रकारका वाणीमा दोष छ या नबोल्ने बालक हरुका लागि रोकिएको वाणी खुल्ने छ। उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुने कुरा उल्लेख गरिएको छ ।
दोस्रो दिन
कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि ब्रह्मचारिणी माताको सख्खर चढाई पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अरिष्ट नाश हुने बताइएको छ ।
तेस्रो दिन
दुःख कष्टबाट मुक्तिका लागि गाइको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशिर्वाद हामी माथि सधैँभरि रहन्छ भन्ने कुरा बताइएको छ ।
चौथो दिन
चतुर्थी तिथिका दिन माता कुष्माण्डको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्रदान हुनुका साथै कुनैपनि प्रकारका वाणीमा दोष छ या नबोल्ने बालक हरुका लागि रोकिएको वाणी खुल्ने छ। उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुने कुरा उल्लेख गरिएको छ ।
पाँचौ दिन
पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा आराधना गरेमा व्यपार व्यवसायबाट सफलता तथा राज्यबाट पाउने सेवा तथा सुविधामा वृद्धिका साथै रोजगारीका लागि पनि राम्रो हुने कुरा बताइएको छ । यसदिनमा केराको भोग लगाएर पूजा आराधना गरेमा सफलता मिल्ने बताइएको छ ।
छैटौँ दिन
आकर्षण,सुन्दरताका साथै मनले चाहेको व्यक्ति प्राप्तिका लागि कात्यायनी माताको पूजा आराधना गरेमा सफल हुने कुरा बताइएको छ । यदि घरमा कुनै अविवाहित व्यक्ति हुनुहुन्छ भने विवाहमा बाधा अवरोध परेको छ भने मह चढाएर माता कात्यायनीको पूजा आराधना गरेमा कार्यसिद्धि हुने कुरा पनि बताइएको छ ।
सातौँ दिन
कुनै पनि प्रकारका मुद्दा मामिला तथा दुर्घटनाबाट छुटकाराका लागि सप्तमी तिथिका दिन कालरात्रि भगवतीको पूजाबाट सम्पूर्ण कष्ट नाश हुने कुरा बताइएको छ । कुनै पनि प्रकारका आकस्मिक विपत्तिबाट रक्षाको लागि यदि सख्खर दान गरेमा बाधा अड्चन नआउने शास्त्रमा बताइएको छ ।
आठौँ दिन
महागौरी भगवतीको घटस्थापनाको आठौँ दिन पूजा तथा आराधना गर्नुपर्ने कुरा बताइएको छ। उक्तदिन महागौरीको पूजा आराधना गरेमा सन्तानसुख मिल्ने कुरा पनि शास्त्रमा उल्लेख गरिएको छ । महागौरी भगवतीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण सुख शान्ति प्राप्ति हुने कुरा पनि बताइएको छ ।
नवौँ दिन
घटस्थापनाको नवौँ दिन अर्थात् नवमीका तिथिका दिन घ्यू चढाएर पूजा आराधना गरेमा अकालमृत्युबाट बच्नको लागि र कुनैपनि प्रकारका नराम्रा समाचार सुन्न नपरोस् भन्नका लागि सिद्धिदात्री भगवतीको पूजा आराधना गर्ने कुरा शास्त्रमा बताइएको छ ।
यसदिन पायस अर्थात गाईको दुधबाट बनाईएको खिर भोग लगाएमा हरेक प्रकारका कार्य सफलहुने उल्लेख गरिएको छ। यसरी स्थापना गरिएका सप्तधान्य क्रमशः बढ्दै जति राम्रा हुन्छन् त्यति भगवती प्रशन्न हुनुहुन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।
अन्तिम दिन
दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको पुराण हरुमा उल्लेख गरिएको छ । यद्यपि, कुल परम्परा र स्थान विशेषअनुसार जौसँगै अन्य अन्न रोप्ने पनि चलन छ ।














Discussion about this post