nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरी : साहूले जग्गा खोसे, श्रीमान्लाई जेलमा हाले

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २३, २०७९, १०:२२ मध्यान्ह
महोत्तरी : साहूले जग्गा खोसे, श्रीमान्लाई जेलमा हाले

राजकरण महतो/भदौ २३ गते । महोत्तरीको भंगहा नगरपालिका—५ सीतापुरभंगहा टोलकी ६० वर्षीया चन्द्रकला महरा (चमार)का श्रीमान् रामलोचन महरा (चमार)लाई उल्टै मिटरब्याजीले जेल हालेका छन्।

चन्द्रकला न्याय खोज्दै काठमाडौं आएकी छन्। उनीहरूले परिवारका सदस्य बिरामी पर्दा दुई साहूबाट ५ र १० हजार ऋण लिएका थिए। केही बढी तिरे पनि। तर, साहूले नक्कली कागजात बनाएर ६ लाख ३० हजार मागे। नदिएपछि रामलोचनलाई जेल हाले। जग्गा हडपे। परिवारका सदस्य पनि साहूबाट दुव्र्यवहारको सिकार बने। श्रीमान्लाई छुटाउन चन्द्रकलाले प्रहरी प्रशासनको ढोका धेरै ढकढक्याइन्।

रामलोचनलाई अदालतले १ वर्षको कैद सजाय सुनाएको छ। उनले सात महिना कटाइसके। तर, कसैले उनको पीडा सुन्न चाहेनन्। साहूले दु :ख दिइरहे। चन्द्रकला माइतीघर मण्डलामा अन्य पीडितसँगै न्यायको लडाइँमा छिन्।

३५ दिनदेखि उनीसँगै सैयौं पीडित अनशन र आन्दोलनमा छन्। मिटरब्याजीले दिएको दु :ख र पतिलाई जेलबाट छुटाउन गरिरहेको संघर्षलगायत विषयमा पीडित चन्द्रकलासँग पत्रकार राजकरण महतोले गरेको कुराकानीको सम्पादित अंश  :

तपाईंको परिवारमा कति सदस्य हुनुहुन्छ ?

तीन छोरा, २ बुहारी र ५ नाति नातिनासहित श्रीमान् र म छौं।  तर, सबै छोराहरू छुटिएर बसेका छन्। हामी बुढाबुढी मात्रै बस्छौं। एक जना कान्छो छोरा रमेश कमाउन मद्रास गएको छ। जेठो उमेश र माइलो दिनेश पनि विदेशमा मजदुरी गर्दै छन्।

अनि तपाईंको परिवार कसरी चलेको छ ? आम्दानी के छ त ? 

श्रीमान् कुल्लीको काम गर्नुहुन्थ्यो भंगहा बजारमा। काम पाउँदा दिनको २–३ सय पनि कमाइ हुन्थ्यो। काम पाउनुभएन भने त बुढाबुढी भोकै हुन्थ्यौ। अहिले त श्रीमान्लाई साहूहरूले जेलमा बन्द गराएपछि निकै समस्या भएको छ।

अनि तपाईंको गुजरा कसरी तलेको छ नि !

साहूहरूको सबै ऋण तिर्दा पनि भएको जग्गा हडपे। अहिले मनखपमा एक कठ्टा खेत लिएर तरकारी उब्जाउँछु। ज्यालामजुरी पनि गर्छु। कुच्चो बनाउने खर खोलाबाट काटेर बिक्री गर्छु। पञ्जाबमा कमाएर थोरै जग्गा किनेको थिएँ। त्यो पनि साहू अनुरुद साह र बिजनन्द साहले हसौता (कब्जा) गरे।

तपाईंहरूको जग्गा सुरुमा कति थियो ?

पाँच कट्ठा थियो। ३ कट्ठा अनुरुदले खोसे। अनि २ कट्ठा  बिजनन्द साह (ब्रह्मपुरीवाला) ले हडपेका छन्। दुवै साहूले अदालतमा मुद्दा हालेर रोक्का गरेर लिए। श्रीमान्लाई पनि जेलमा हाले।

साहू अनुरुदसँग कहिले कति ऋण लिनुभएको थियो ?

३–४ वर्षअघि ५ हजार मात्रै लिइएको थियो।

अनि किन ऋण लिनुभयो ?
नाति जन्मिएको तीन महिनापछि निमोनिया लागेर बिरामी भयो। त्यो समय पैसा थिएन। अनुरुदसँग श्रीमान् (रामचोलन महरा) ले ऋण लिएर जनकपुर लगेर उपचार गराएका थियौं।

ऋण लिएको कति पैसा फिर्ता गर्नुभयो ?

एक वर्षपछि पैसा तिरेको हो। छठ पवनी पर्वको समयमै ५ हजारको मैले १५ हजार तिरेँ। केही दिनपछि श्रीमान्ले ७० हजार रुपैयाँ लिएको भन्दै नक्कली तमसुक बनाएर सहीछाप गरेको थाहा भयो।

पैसा कहाँबाट ल्याएर तिर्नुभयो ?

भैंसी पालेका थियौं। साहूले कर्जा तिर, पैसा तिर भन्दै बड (धेरै) परेशान गरे। अनि गोठमा भएको भैंसी बेचेँ। उसको कर्जा चुकाइदिए। तर, गराएको कागत (तमसुक) पनि दिएनन्। ‘मेरो आमा होस्पिटलमा हुनुहुन्छ। काठमाडौंबाट आउँछु। अनि कागत दिन्छु’ भने। तर, फेरि मेरो बुहारीबाट थप १ लाख १० हजार लियो। तर, कागत दिएनन्।

बिजनन्द साहसँग चाहिँ कति ऋण लिनुभएको थियो ?
केही वर्ष पहिले म आफैं बिरामी पदाए उपचार गर्न १० हजार लिएका थियौं। १२ हजार फर्काएका थियौं। तर, यो ऋणलाई देखाएर मेरो दुई कट्ठा खेत अदालतबाट लिलामी गराएर लगे।

कसरी जग्गा लिलामी गर्ने अवस्थामा आयो ?
मेरो आमा बिरामी हुनुहुन्थ्यो। उपचार गराउँदा पनि बाँच्नु भएन। आमाको निधन भएको तीन दिनमा नै साहू बिजनन्दन साह मेरो माइतीमा थप पैसा तिर्न बाँकी छ भन्दै पुलिस लिएर गए। समाज नै लागेपछि भागे। किरिया सकेर म घर आएँ। उसले थानामा उजुरी गर्न थाल्यो। अनि माथि (अदालत) बाटै २ कट्ठा खेत लिलामी गर्ने भन्ने आदेश लिएर आए।

अनि श्रीमान्लाई साहूले कसरी जेल हाले ?
साहू अनुरुदलाई ५ हजारको १५ हजार दिएपछि केही दिनमै उसको पसलमा कागत (तमसुक) माग्न गएँ। तर, मोटरसाइकलमा भागे। यसो गर्दा मेरो बुढोलाई उनीहरूले फागुनमा पक्राएर जेलमा हाले। यसमा साहू बिजनन्दको पनि ठूलो हात छ। म जलेश्वर गएँ बुझ्न। रुँदै….अरू के भन्नु ?

कहाँबाट प्रहरीले पक्राउ गरेको हो ?
फागुनमा बुढो खेततिर गएका थिए। राति अबेरसम्म घर नआएपछि खोजी गर्‍यौं। देख्नेले पुलिसले पक्रेर जलेश्वर लग्यो भने। रुँदै रात बित्यो। उहाँलाई भेट्न जलेश्वर गर्‍यौं। त्यहाँ जेलमा बन्द गरिसकेको थियो। पाँचदिनपछि हामी सबै परिवार साहू अनुरुदको घरमा गयौं। किन पक्राउ गराएको भनेर सोधेको, ‘तिमीमाथि मेरो अझै ६ लाख ३० हजार रुपैयाँ बाँकी छ। त्यसैले पक्राएको’ भन्ने जवाफ दिए।

अनि, कसरी यत्रो रकम भयो ?

मैले ५ हजारको १५ हजार तिरे, बुहारीले १ लाख १० हजार दिई। अझै कसरी बाँकी हुन्छ ? भनेको उसले गाली गर्दै ‘तेरो अब यहाँ केही चल्दैन। मेरो हातमा पामर (पावर) छ। पैसा छ। पुलिसवाल असई, हवल्दार सबै मेरै छन्। आँखाको आँसु कसैले पुच्छदैन तेरो। यहाँबाट भाग’ भन्यो।

त्यसपछि के गर्नुभयो ?

घरमा आयौं। अनुरुद पैसावाला छ। कति बेला के गर्छ, ठेगान छैन। घरमा केटाकेटी, बुहारी मात्रै छन्। पुन : अर्को दिन पनि उसको घरमा गयौं। हामीले कुरा गर्दा फेरि रिसायो। जब मेरो बुहारीले कुरा गर्थिन् कुरा गर्थिन् नम्र बन्थ्यो। भखरै विवाह गरेर आएको बुहारीमाथि उसले कुदृष्टि लगाएको थियो। छोरा पनि विदेशमा थियो। हामीलाई डर थियो। अनि उसलाई हामीले कति पैसा अझै चाहिन्छ ? मेरो बुढोलाई छोडाइ देऊ भन्यौं। उसले ६ लाख ३० हजार भन्यो। मेरो कनियाँ (बुहारी) ले तीन लाख दिन्छौं। लिलामीमा चढाएको ३ कट्ठा खेत पनि छोडिदिन्छु। ससुरालाई जेलबाट निकालिदिनुस् भनिन्। तर, साहू अनुरुद्ध मान्न तयार भएन। हाम्रो जग्गा अदालतैबाट उसले पहिले नै रोक्का गराइसकेको थियो।

जग्गा रोक्का भएको कसरी थाहा भयो ?
घरखर्च टार्न र बिमारी पर्दा खेत बेच्नु पर्‍यो भनेर जलेश्वर मालपोतमा गयौं। त्यहाँ सबै खेत रोक्का गरिदिएको थाहा भयो। अनि बिक्री कुरै भएन त्यहाँबाट रुँदै घर आका थियौं।

श्रीमान्लाई जेलबाट छुटाउन के गर्दै हुनुहुन्छ ?
जेलबाट छुटाउन र खेत फिर्ता गराउन खर काटेर, मजदुरी, भिख मागेर न्याय माग्न भौतारिरहेका छौं। साहू अनुरुद र बिजनन्दले मलाई लुट्यो। सडकमा पुर्‍याइदियो। अरू के गर्न सक्नु र हामीले।

जेलमा भेट्न जानुभएको छ ? श्रीमान् के भन्नुहुन्छ ?

कहिलेकाहीँ जान्छु। मजदुरी गरेर रकम जम्मा गर्छु। उहाँलाई नभेटेको २ महिना भयो। अट्टो चढेर जाने पनि पैसा हुँदैन। एकपटक जाँदा हजार रुपैयाँ खर्च हुन्छ। गएको बेला रोटी, चिउरा भुटेर लान्छु। राम्रोसँग बस्नु है भन्नुहुन्छ भेट्न जाँदा। मेरो मुख हेरेर रुन थाल्नुहुन्छ। मलाई निकालेर छिट्टो घर लैजा भन्नुहुन्छ।

जेलमा बस्ताको अवस्थाबारे केही सुनाउनुहुन्छ ?
जेलघरमा खान, बस्न, सुत्न सबैको दु :ख छ भनेर एकपटक सुनाउनुभएको थियो। त्रिपाल बिछाएर सुत्नुपर्छ। पानीको दु :ख छैन। तर, दिसापिसाब गर्न भित्र धेरै समस्या छ। अढाई सय मान्छेको बस्ने ठाउँमा ६ सय जना बस्छन्। ट्वाइलेट जान राति देखिनै लाइन लाग्नुपर्छ रे !

कुल्ली काम गर्नुभन्दा पहिले श्रीमान्ले के गर्नुहुनथ्यो ?
हामी सबै पञ्जाबमा बस्यौं। उतै काम गर्‍यौ।

किन पञ्जाब बस्नुभयो ?
ससुराको ६ धुर ऐलानी जग्गा थियो। त्यसमा हामी तीन दियाद (परिवार) थियौं। बस्न कठिन भयो। हामी सबै पञ्जाब गयौं। जेठो छोरो तीन वर्षको माइलो दुई र कान्छो एक वर्षको थियो। मेरो आमा, बुबा पनि थिए। उहाँहरूलाई पनि सँगै लिएर गएका थियौं। आमाको केही वर्ष पहिले निधन भयो। त्यहाँ खेतीकिसानी गर्‍यौं। भैंसी पालेका थियौं। राम्रै आम्दानी थियो। त्यहाँको कमाई बचत गरेर हामीले पाँच कट्ठा जग्गा किन्यौं। त्यो पनि साहूले लिलामी गरायो। भाग्यमा नभएर होला अहिले फेरि सडक छाप भयौ । १५–१६ वर्ष जति बसेका थियौं त्यहाँ।

अहिले जग्गा हडप्ने साहू अनुरुद र बिजनन्दन कहाँ छन् ?

अनुरुदलाई त पुलिसले पक्रेर हिरासतमा लिएको छ। बिजनन्द गाउँतिरै छन्। यिनीहरूले धेरैलाई अन्याय गरेका छन्। कसैको १० कट्ठा, कसैको १ बिघा, कसैको २ बिघा गरेर फर्जी तमसुक गराएर जग्गा लिलामी गराएर हड्पेका छन्। अरू जग्गा आफ्नो नाममा चढाएर धनी बनेका छन्।

ऋण लिनेलाई कसरी दु :ख दिएका छन् ? 
मुद्दा हालेर हैरान बनाउँछन्। मुद्दा फिर्ता लिइदिन्छु भनेर लोभ देखाएर कतिको छोरीबुहारीको इज्जत पनि लुटेका छन्। कोठाभित्रै बसेर मासुभात खान्छन्। यस्तो सुनेर कतिको श्रीमान्ले त विदेशमा नै आत्महत्या गरेका छन् भने यता श्रीमतीहरू पनि त्यसै गर्छन्। धेरैको नागरिकता नै कब्जा गरेर राखेका छन्। सबैलाई बिल्टोवा (बिल्लीबाँठ) बनाइदिएका छन् भने कतिलाई घरबाट निकालेर तलाचाबी लगाइदिएका छन्।

यसरी पीडित हुने कति छन् ?
धेरै छन्। यस्तो सिकाइ त कसैको नहोस्। गरिबलाई रुवाउनेलाई पक्रेर कारबाही गर्न म जस्ता कम्तीमा सय जनाले मुद्दा दिएका छौं। केही समय पहिले उनीहरूलाई भंगहा पुलिस र थानले पक्रिन चाहेको थिएन। सबै मिलेका थिए। जिल्लाबाट डीएसपी साहेबको फोन आयो। अनि धेरैपछि बल्ल १८ दिनअघि उसलाई जलेश्वरबाट आएको पुलिसले पक्रेर लग्यो।

छोरी बुहारी र तपाईँलाई दुव्र्यवहार गर्दा प्रहरीमा उजुरी गर्नुभएन ?

हामी त गरिब छौं। उसँग लड्ने हाम्रो आँट छैन। मलाई तरकारी खेती गर्न जाँदा कहिले हात समाउँथ्यो, धेरै नराम्रा कुरा गर्थो। मलाई धेरै रिस उठ्थ्यो। म कुट्न गएको थिएँ। श्रीमान्ले सम्झाएका थिए। उसले मलाई पनि धेरै दु :ख दियो। अनिरुदले बिजनन्दनलाई मेरो घर पठाएर मेरो बुहारी मोबाइल नम्बर पटक–पटक माग्न लगाएको थियो। हामीले गाली गरेर पठाउँथ्यौ।

अनुरुद पक्राउ परेपछि गाउँको अवस्था कस्तो छ ?
हामीले पनि उसले गरेको अन्यायको विरोधमा पुलिसमा मुद्दा दिएका छौं। के भयो भनेर बुझ्न जलेश्वर गएका थियौं। पुलिसले हिरासतमा रहेको साहू अनुरुदसँग मिल्न (भेट्न) पठायो। म गएँ। उसले भित्रैबाट भन्यो, चार दिन पख, म छुटेर आउँछु। तँलाई खतम गर्छु। अनि फेरि यही जेलमा आउँछु भन्दै भित्रैबाटै मार्ने धम्की दियो।

अन्यायबिरुद्ध लड्न कहाँ–कहाँ पुग्नुभयो ?

न्याय खोज्दै हैरान भएको छु। बुढालाई कसरी जेलबाट निकाल्ने भन्ने कुराले म सुत्न पनि सकेको छैन। पछिल्लो समय साथीहरूसँग मिलेर काठमाडौं आएका छौं। साहूले दिएको दु :खले काठमाडौं पनि देखायो।

यसअघि आउनुभएको थिएन ? कस्तो लाग्यो काठमाडौं ? 

अहँ, थिएन। कहिले कुनै आन्दोलनमा पनि आएको थिइन। अहिले काठमाडौं आएर न्याय माग्न जुलुसमा पनि हिँडिरहेको छु। साहूले मलाई भिख पनि माग्न बाध्य बनायो। काठमाडौंमा न्याय पाइन्छ भनेर आयौं। पहिले राजा बस्ने दरबार देखँे। आकासमा उडिरहेको प्लेन देखेँ। यो पहिले कहिले देखेको थिइन्। छोरो यस्तै प्लेनमा उडेर विदेश गएको बुहारीले सुनाएकी थिइन्।

काठमाडौंमा अहिले मिटरब्याजीबिरुद्ध कसरी लडिरहनुभएको छ ?

यहाँ आएपछि साहूबाट ठगिएकाहरू धेरै भेटिए। उनीहरूबिरुद्ध लड्ने आत्मबल बढेको छ। घरबाट पहिलो दिन आएपछि साथीहरूसँग बस चढेर बस्ने ठाउँमा गए। म जानेबित्तिकै पीडितहरू रुन थाल्यो। उनीहरूले भन्यो, ‘अब हाम्रो आन्दोलनमा थप मद्दत पुग्छ।’ हामी पनि दु :खले मारिएका छौं। म पनि रुन थाले। हामी चार–पाँच जना थियौं। आँसु पुच्छेर पानी खाए। साँझ भयो। सबै मिलेर खाना पकाएर खाएर सुत्यौं। बिहानै उठेर जुलुस लगाउँदै सडक (माइतीघर मण्डला)मा बस्यौं। अहिले आन्दोलन जारी छ।

सडकमा बस्दा कोही भेट्न आएनन् ?
नेताहरू आयो, गयो। पत्रकारहरू ठूलो क्यामराले फोटो खिचेर लाग्छन्। दु :ख सुन्छन्। सबैले न्याय दिलाउँछौं भन्दैछन्। हामीले साहूलाई जेलमा हालेर कारबाही गर्न र हामीलाई न्याय दिलाउन सबैलाई हारगुहार गर्दै आएका छौं। अब हेर्नु के हुन्छ ?

खर्च नहुँदा कस्तो समस्या हुन्छ ?
धेरै समस्या हुन्छ। दुकानहरूमा गएर तिमन तरकारी मागेर ल्याउनुपर्छ। महिनादिनदेखि हामी जस्ता पीडितहरू न्याय माग्न काठमाडौंमा दु :ख गरेर बसेको छौं। जस्तो सुँगुर बस्ने खोबार (खोर) हुन्छ त्यस्तै बनाएर बसेका छौं।

रात काट्न त निकै कठिन हुन्छ होला ?
पानी पर्दा भिजिन्छ। राति सुत्न सकिँदैन। धेरै बिरामी भए। रुघाखोक्की र ज्वरोले हैरान बनाउँछ। हामी गरिबको समस्या कसले सुन्छ ? जे दु :ख छ, त्यो त हामीले नै झेल्नुपर्छ। आफैंले पल्ली (त्रिपाल) किनेर फोहोरमै ओच्छयाएर सुत्छौं, मच्छरजाली (झुल) बिनै भुइँमै। राति मच्छरले टोकेर हैरान बनाउँछ।

तपाईंहरूको मागप्रति सरकारले के भनेको छ ?

सरकारले गरिबको पक्षमा कानुन नै बनाउँदैन। अनि सरकारले अन्यायको न्याय दिन्छ भनेर कसरी भनुँ। हाम्रो पक्षमा, पुलिस, थाना, अदालत कोही छैन। मेरो पक्षमा भएको भए आज मेरो घरवाला (पति) पाँच हजार ऋण लिँदा जेल जानु पर्दैनथ्यो ? प्रहरीले हामीलाई साथ दिएको भएर आज मेरो पति घरमा हुन्थ्यो।

प्रहरी र अदालतले कसको कुरो सुन्छ जस्तो लाग्छ ?
पुलिस र अदालतले धनीको मात्रै कुरो सुन्छ। कानुन बिक्री भइसकेको छ। कानुनहरू धनीको पक्षमा बनेको छ। उनीहरूसँग पैसा र शक्ति छ। हामीसँग केही छैन। पैसाका अगाडि सबै फिक्का हुन्छ। पाँच हजारका लागि गरिबलाई जेल हाल्ने कहाँको कानुन हो ? जलेश्वरको कि काठमान्डुलको ? यस्तो भयो भने गरिब मर्छ कि जिउँछ ?

सरकारलाई के भन्नुहुन्छ ?
सरकारले दलाल, मिटरब्याजीहरूलाई जेल नहालेसम्म हामी आन्दोलन गरिरहन्छौं। मेरो पति जस्तो थुप्रै निर्दोषहरू जेलमा बन्द छन्। मिटरब्याजीहरू कानुनको नजरमा साधु देखिन्छन्। फर्जी काम गरेर गरिबको सम्पत्ति हड्पेर हाम्रो उठिबास लगाइहेको छ। हाम्रो पक्षमा कानुन बनाउनुपर्छ। अनि मात्रै हामीले न्याय पाउँछौं ।

स्रोत : अन्नपुर्ण पोस्ट

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

१७ जना डाक्टरको दर्ता खारेज

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!