nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको एक बिद्यालयमा विद्यार्थी शून्य भएपछि बाख्राको खोर बन्यो विद्यालय,शिक्षकले वर्षौंदेखि तलब बुझ्दै

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १८, २०७९, ११:२६ मध्यान्ह
सिरहाको एक बिद्यालयमा विद्यार्थी शून्य भएपछि बाख्राको खोर बन्यो विद्यालय,शिक्षकले वर्षौंदेखि तलब बुझ्दै

सिरहा/भदौ १८ गते। सिरहा नगरपालिका ९ रामनगर गुलरियास्थितको आधारभूत विद्यालयमा वर्षौंदेखि पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा बाध्ने गोठमा परिणत भएको पाइएको छ । आधारभूत विद्यालयका प्रधानाध्यापक लगायतका शिक्षकहरूको लापरबाहीका कारण पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा र गाई बस्तु बाँध्ने गोठमा परिणत भएको हो ।

आधारभूत विद्यालयका शिक्षकहरूले वर्षैंदेखि कामै नगरी तलब बुझ्ने गरेका छन् । एक जना विद्यार्थीसमेत भर्ना नभएका यस विद्यालयका पाँच जना शिक्षकले करिब ३ वर्षदेखि नियमित तलब भत्ता खाँदै आइरहेका छन् । पाँच कक्षासम्म पढाइ हुने यस आधारभूत विद्यालयमा करिब तीन वर्षदेखि एकजना विद्यार्थीसमेत भर्ना नभए पनि शिकक्षहरूले भने शिक्षा शाखाको मिलेमतोमा घरमै बसेर तलब भत्ता बुझिरहेको स्थानीयको आरोप छ ।

विद्यालय पछिल्लो समय खसी-बाख्रा राख्ने खोरमा परिणत भएको छ । वरिपरि कम्पाउन्ड बनाएर घेरिएको विद्यालयभित्र स्थानीयका बाख्रा बाँध्ने गरिएको छ भने विद्यालय परिसर बाख्रा चराउने ठाउँ बनेको छ । विद्यार्थी पढ्ने विद्यालय बाख्रा पाल्ने गोठमा परिणत भएको स्थानीय दिपीन चमारले बताए । उनका अनुसार विद्यालयमा पढाई नै नभएपछि स्थानीयहरूले बाख्रा, भैंसी, गोरुहरू विद्यालय परिसरमै बाँधेर राख्ने गरिएको छ ।

विद्यालयमा तीन वर्षदेखि बाख्रा राख्ने गरिएको रामजतन यादव बताउँछन् । विद्यालयमा लामो समयदेखि बाख्रा चराउने र राख्ने ठाउँ बनाइँदा विद्यालयको शोभा पनि गुमेको यादवको गुनासो छ । विद्यालयका प्रधानाध्यापक श्यामकुमार यालवले अभिभावकहरूले नै विद्यार्थी पठाएपछि विद्यालय खाली भएको बताए । ‘गाउँको बीचमा विद्यालय भए पनि कसैले विद्यार्थी पठाउँदैनन्, दुई वर्ष कोरोनाभाइरसले र यो वर्ष चुनावका कारण विद्यार्थी भर्ना हुन सकेनन्,’ उनले भने ।

उनले पहिला राम्रै विद्यार्थी रहे पनि कोरोनापछि विद्यार्थी आउनै छाडेको बताए । उनले थपे, ‘अब फेरि चुनाव आउँदैछ, विद्यार्थी भर्ना गर्न सकिँदैन, अब आउने शैक्षिकसत्रबाट मात्र पठनपाठन सुचारु हुन्छ ।’ प्रअ यादवले विद्यार्थी माग्न आफू घरघरै गएको दाबी गरे पनि कसैले विद्यार्थी नदिएको बताए ।

‘करिब १० वर्ष अघि यो स्कुलमा धेरै नै राम्रो पढाइ हुन्थ्यो, सय भन्दा बढी विद्यार्थीहरू अध्ययरत थिए । तर, पछिल्लो समय दिनानुदिन स्कुलको अवस्था खस्किँदै गयौँ,’ स्थानीय राम एकवाल यादवले भने, ‘हामीले विद्यालयलाई बाख्राको खोर बनाउन हुँदैन भनेर विद्यालय प्रशासनलाई पटक पटक आग्रह गरिसक्यौं । तर, हाम्रा कुराको सुनुवाइ नै हुँदैन ।’ त्यहाँ कार्यरत शिक्षकसमेत कहिलेकाहीँ विद्यालय आएर हाजिरी गरेर फर्किहाल्ने गरेका छन् ।

तलब, छात्रवृत्ति, पाठ्यपुस्तकको रकम नियमित निकासा

विद्यार्थी भर्ना नभए पनि शिक्षकको तलब, छात्रवृत्ति, पाठ्यपुस्तकको रकम नियमित निकासा भएको पाइएको छ । चालु शैक्षिकशत्रमा एक जना विद्यार्थी भर्ना नभए पनि शिक्षकको तलब, छात्रवृत्ति, पाठ्यपुस्तकको रकम नियमित रुपमा निकासा भएको बुझिएको छ

२०७६/०७७ मा विद्यार्थी भर्ना नभए पनि सबैै रकम निकासा भएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७ मा शिक्षकको तलब भत्ताबाहेक छात्रा छात्रवृत्तिबापत १८ हजार ४००, दलित छात्रवृत्ति ४ हजार ४००, पाठ्यपुस्तकबापत १२ हजार ९८४ रुपैयाँ पठाएको छ ।

२०७५/०७६ मा छात्रा छात्रवृत्तिबापत १३ हजार २००, दलित छात्रवृत्ति १२ हजार र पाठ्यपुस्तकबापत १२ हजार हजार ८४१ रुपैयाँ पठाएको छ । पाँच जना शिक्षक रहेको यस विद्यालयमा विद्यार्थी भर्ना हुन छाडेपछि तीन जनाको अन्यत्र सरुवा गरिएको नगर शिक्षा शाखा प्रमुख काशिन्द्र यादवले जनाए ।

अहिले पनि प्रध्यानाध्यकप श्याम कुमार, भुवनेश्वर यादव र सावित्री शर्माको सरुवा भए पनि उनीलगायत ३ जना शिक्षक बसेर तलव खाइरहेका प्रमुख यादवले बताए । उनका अनुसार लामो समयदेखि रहेको विद्यालयको समस्या समाधान गर्ने प्रयास गर्दा पनि सुधार्न सकिएन ।

अघिल्लो शिक्षा समितिले विद्यालय मर्जगर्ने योजना बनाए पनि स्थानीयले नमानेपछि रोकिएको बताउँदै उनले भने, ‘हामीले मर्ज गर्ने योजना बनाएका थियौं, स्थानीयले विद्यालय बन्द भएपछि नयाँ खोल्न समस्या हुने भन्दै रोके ।’ अहिले सबै शिक्षकहरूलाई अन्यत्र पठाएर नयाँ शिक्षकको टिम ल्याएर विद्यालय सञ्चालन गर्ने योजना बनाएको यादव बताए। उनले शिक्षा समिति गठन नभइसकेकाले केही कामहरू गर्न समय लागेको शाखा प्रमुख यादवले बताए ।

शिक्षकहरूले पढाउनेभन्दा पनि राजनीति गरेर विद्यालयलाई लथालिङ्ग बनाएको स्थानीयको आरोप छ । स्थानीय अभिभावक ब्रहमदेव यादवले विद्यालयमा नियमित शिक्षक नआउने र आए पनि गफ गरेर बस्ने गरेकाले आफ्ना विद्यार्थी निजी विद्यालयमा पठाएको बताए ।

‘मास्टरहरू पढाउनु हुन्न, एक त विद्यालय नै आउनुहुन्न, आए पनि कक्षामा नगई कार्यालयमै बसेर गफ हाँकिरहेका हुन्छन्,’ उनले भने, ‘विद्यार्थीले पढाइदिन आग्रह गर्दा पनि शिक्षकहरूले आज पढाइ हुँदैन भनेर विद्यार्थीलाई घर पठाई दिनु हुन्थ्यो ।’

सिरहामा शिक्षा क्षेत्रमा पछिल्लो समय सम्बन्धित् निकायको उदासीनताका कारण व्यापक वेथिति मौलाएको पाइन्छ । सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी वालुवामा पानी जस्तै भएको स्थानीयको गुनासो छ ।

Tags: शिक्षासिरहा खबर

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!