सिरहा/श्रावण २३ गते । सिरहा प्रहरीले अवैध लागूऔषधसहित एक युवकलाई प क्राउ गरेको छ ।
प क्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–८ बस्ने ३४ वर्षीय अर्जुनकुमार महतो रहेका छन् ।
ईलाका प्रहरी कार्यालय लहानबाट खटेको प्रहरी टोलीले लहान नगरपालिका–२० गोल्छारीबाट महतोलाई शंका लागि चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
महतोको साथबाट ब्युप्रिनोर्फिन ४७ एम्पुल, फेनारगण ४७ एम्पुल, डाइजिल्याब ४७ एम्पुल र नाइट्रोभेट ६० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















Discussion about this post