महोत्तरी/श्रावण १४ गते। आठ वर्षीया बालिकालाई करणी गरेको आरोपमा आफ्नै काका प क्राउ परेका छन् ।
१० साउन राति १० बजे भतिजीलाई आफ्नो कोठामा बोलाई जब रजस्ती क रणीको गरेको आरोप उनीमाथि लागेको छ ।
बर्दिबास नगरपालिका बस्ने बालिकाको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनलाई प क्राउ गरेको हो ।
प क्राउ परेका काकाको नाम भने प्रहरीले गोप्य राखेको छ । २४ वर्षीया आरोपितलाई इलाका प्रहरी कार्यालय बर्दिबासले हिरासतमा राखेको छ ।
अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले बालिकाको ठेगानासमेत गोप्य राखिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।
आरोपित काकालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा आज प क्राउ गरिएको इलाका प्रहरी कार्यालय प्रमुखसमेत रहेका रावलको भनाइ छ ।
उनलाई जब रजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post