सिरहा/श्रावण ८ गते। बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका–२ की एक महिला दुई दिनपछि मृ तावस्थामा फेलापरेकी छन् ।
गएको बिहीबारदेखि हराएकी ४७ वर्षीया उर्मिलादेवी यादवको श व शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेलापरेको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा श व फेलापरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
श व परीक्षणका लागि लहानस्थित प्रदेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।- रासस

















Discussion about this post