nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा: सौर्या सिमेन्ट उद्योगमा कार्यरत मजदुरद्वारा आन्दोलित

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ५, २०७९, ९:५९ मध्यान्ह
सिरहा: सौर्या सिमेन्ट उद्योगमा कार्यरत मजदुरद्वारा आन्दोलित

सिरहा/श्रावण ५ गते। सिरहाको मिर्चैयामा रहेको सौर्या सिमेन्ट उद्योगमा कार्यरत मजदुरहरु पुनः आन्दोलित भएका छन् । पहिले भएको सहमति अनुसार तलव, सुरक्षा र सुविधाको माग गर्दै कर्मचारीहरु आन्दोलित भएको हो । मजदुरहरु गत मंसिरमा १२ बुदें माग राख्दै आन्दोलित भएका थिए । त्यसपछि उद्योगको व्यवस्थापन पक्ष र मजदुरवीच सहमति भएको थियो । सहमति लागु गर्नुपर्नेमा त्यस विपरीत उद्योगले कर्मचारी हटाउने, सेवा सुविधा प्रदान गर्न नसकेको भन्दै मजदुरहरु पुनः आन्दोलित भएका छन् ।

उद्योगमा कार्यरत मजदुरहरुको सुरक्षाको व्यवस्था हुनुपर्ने, स्थानीय कामदारहरुलाई दक्षताको आधारमा नियुक्ति दिनुपर्ने, कामदारहरुलाई ८ घण्टा मात्र काममा लगाउनु पर्ने, कामदारहरुलाई हप्तामा एक दिन विदा दिनुपर्ने, कामदारलाई काम र दक्षताको आधारमा तलबभत्ताको व्यवस्था गर्नुपर्ने माग राखिएको छ । त्यससँगै मजदुरहरुले उद्योगभित्र प्राथमिक उपचारको व्यवस्था हुनुपर्ने, वातावरण प्रर्दुशन न्यूनीकरणको उपाय अपनाउनुपर्ने, उद्योगमा कार्यरत पुरानो कामदारलाई निकालेर नयाँ कामदारको भर्ना रोक्नुपर्ने, उद्योगभित्र प्रयाप्त खानेपानीको व्यवस्था हुनुपर्ने लगायतका माग सहित आफूहरु आन्दोलित भएको उद्योगका सिभिल सुपरभाईजर मोहित महराले बताएका छन् ।

माग पूरा गर्न उद्योगको आन्तरीक मेमो

मजदुरको आन्दोलनपछि उद्योगले आन्तरीक मेमो नै जारी गरेको थियो । प्रशासन शाखाले मंसिर ६ मा ९ बुँदे आन्तरीक मेमो जारी गरेको थियो । जसमा श्रमिकको न्यूतम पारिश्रमिक, ८ घण्टाभन्दा वढी काम गरेकालाई नियमानुसार रकम भुक्तानी लागू गराउने, ५ घण्टा काम गर्दा आधा घण्टा र ८ घण्टा वढी काम गर्दा १ घण्टा अनिवार्य विश्राम दिनुपर्ने, कामदारको कामको प्रकृति हेरी औषधी उपचार, दुर्घटना वीमा, सामाजिक सुरक्षा कोषको सुविधा, सुरक्षा साधन, साप्ताहिक विदा, सौचालय र विश्राम स्थल निर्माण, पिउने पानीको व्यवस्था, प्राथमिक उपचारको निम्ति एम्बुलेन्स, उद्योग परिसरभित्र वातावरण स्वच्छ राख्न हरियाली अभियानको रुपमा वृक्षा रोपण कार्य अघि बढाउन र ट्यांकरले सडकमा पानी छर्किने काम गर्नुपर्ने उल्लेख गरिएको छ ।

मजदुरहरुले पूरानै माग राखेर पुनः आन्दोलनमा उत्रिनु परेको सम्बन्धमा उद्योगका जेनरल म्यानेजर जीवन नेपालले मजदुरहरु सित कुनै पनि समझौता भएको छैन । कुनै इसुको कुरा होइन । खाली बुझाईको मात्रै फरक हो । केही मजदुरको चित नबुझेर केही मजदुरहरुले धर्नामा बसेको बताए ।

यस अघि मजदुरले १२ बुँजे माग राख्दै आन्दोलनमा उत्रिउपछि प्रशासन प्रमुख नेपालले उद्योगको आन्तरीक विषय भएकोले छलफल गरी टुंगो पुग्ने बताएका थिए । उद्योगले आन्तरीक मेमो पनि जारी गरिसकेको अवस्थामा आधारभूत माग पूरा हुन नसक्नुले आफूहरु असुरक्षित भएको आन्दोलनरत पक्षको भनाई रहेको छ । मजदुरहरुको आन्दोलनले उद्योगको कामकाज ठप्प भएको छ । उक्त उद्योगमा ७/८ सय मजदुर कार्यरत रहेका छन् ।-रासस

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि