महेश सिंह/सिरहा/श्रावण २ गते। सिरहाको औरही गाउँपालिका ५ मा एक जना निर्दोष ब्यक्ती छिमेकी बाटै नि र्घात कुटिएका छन्। जजमानको घरबाट क्रिया क्रम गरेर घर फर्किएको बेला घर जनजिकै पुँग्दा छिमेकी महेन्द्र झाले स्थानीय २५ वर्षिय बिबेक झा लाई बोलाई ठाँउ निहुँराएर एकासी कु टपिट गरेका छन्।
झाको कु टपिट घटनामा स्थानीय छिमेकी महिन्द्रा झा,अशोक झा,पपु झा,सदानन्द झा,बब्लु झा,लगायतका ब्यक्तीहरुले बिबेक झा माथी निर्घा त कु टपिट गरेका थिए। स्थानीय निर्वाचन अगाबै बैशाख २७ गते मंगलवार करिब ४ बजे तिर कु टपिट गरिएको थियोे।
गाउँका अबला र निमुखा युवा झा माथी कु टपिट भएको खबरले गाउँ भरि त्राहीमान भएको थियो। किन कु टपिट गरेको कुरा आफुलाई केही जानकारी नरहेको पीडित बिबेक झाले बताए। न्यायका लागी पीडित झा प्रहरी चौकी औरही र जिल्ला प्रहरी कार्यालय सिरहामा मुद्दा समेत दर्ता गराई अपराधीहरुलाई प क्राउ गरी कानुन बमोजिम कार्बाही गर्न पीडितको माग रहेका छन्।
कुट पिटका आरोपित मेहेन्द्र झाले उल्टै सिरहा जिल्ला अदालत इजलास माननीय जिल्ला न्यायाधीश कृष्ण प्रसाद सुबेदीका आदेशमा ०७८-Wo-००५७ मुद्दा निषेधाज्ञा जारी गराएका छन्।पीडित झाले न्यायका लागी प्रहरी पत्रकार र समाज सबैलाई हार गुहार गरेका छन्।

















Discussion about this post