nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा: सहकारी दूध डेरी स्थापाना भएपछि किसानलाई राहत

सजिलो पोस्ट सजिलो पोस्ट
असार २५, २०७९, ८:५० मध्यान्ह
सिरहा: सहकारी दूध डेरी स्थापाना भएपछि किसानलाई राहत

जीबछ यादव/लाहान/असार २५ गते । सिराहाको दक्षिणी र पूर्वी भेगमा पर्ने भारतीय सीमासँग जोडिएको भगवानपुर गाउँपालिका भागवानपुर –१ मा श्री वालासुन्दरी कृषि सहकारी साना किसान दूध डेरी स्थापाना भएपछि भैंसी पालन गरेर किसानहरुले आम्दानी गर्न थालेका छन् ।

उत्तरमा बाह्र किलोमिटर लाहान र दक्षिणमा पाँच किलोमिटर टाढा भारतीय बजार लौकहामा गएर दूध बिक्री गर्न किसानलाई ठूलो समस्या हुन्थ्यो । गाउँकै बजारमा डेरी सञ्चालनमा आएपछि भैसीपालनतर्फ किसानहरु आकर्षित भएको स्थानीय हरिहरनाथ यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भैंसीको दूध टाढा गएर कसरी बिक्री गर्नु रु खान सक्ने जति खान्थ्यौं, खान नसकेको दूध गाउँघरमा बिक्री नभए खेर जान्थ्यो, तर अहिले दस लिटर दूध विहानै डेरीमा पुर्याएर दिनको छ सयको दरले आम्दानी हुन थालेपछि घरका समस्याहरु टर्न थालेको छ ।’ साना किसान सहकारीले डेरी सञ्चालन गरेर दक्षिणी भेगका किसानका लागि ठूलो राहत भएको उहाँको भनाइ छ ।

हरिहरनाथ जस्तै भगवानपुर गाउँपालिकाका स्थानीय किसान भैसी पालेर नै महिनाको पन्ध्र हजारदेखि तीस हजारसम्म आम्दानी गरिरहेको डेरीका अध्यक्ष चन्देश्वर यादवले जानकारी दिनुभयो । ‘सहकारीले किसानलाई ऋण र प्राविधिक सहयोग गर्न थालेपछि यस भेगका किसान अहिले तरकारी माछापालन र भैसी पालनमा निकै हौसिएको छ’, उहाँले भन्नुभयो ।

‘किसानलाई तरकारी खेती, माछापालन कुखुरा पालन र धान खेतिकालागि सहकारीबाट ऋण दिन थालेपछि यस भेगका मजदूर समेत करारमा तरकारी खेति र भैसीपालनमा लागेको भगवानपुर –१ का गीता सदायले खुसी व्यक्त गर्नुभयो । ‘पहिले निर्वाहमुखी खेति र भैसीपालन हुन्थ्यो, अहिले आम्दानीमुखी भएको छ । यसले दलित समुदायको पनि आर्थिक अवस्थामा सुधार ल्याएको छ ।’

केही वर्ष शिक्षक गुनेश्वर यादवले भवगानपुरमा डेरी स्थापना सञ्चालन गर्नुभयो । उहाँको निधनपछि सहकारीले सञ्चालन गरेको डेरीमा सात सय किसानको शेयर रहेको अध्यक्ष यादवले बताउनुभयो । करोडौंको लगानीमा दक्षिणी भेगको किसानको आवश्यक्ता र मागलाई ध्यानमा राखेर डेरीको बिस्तार गर्न लागेको उहाँको भनाइ छ ।

डेरीबाट उत्पादित दूध, पनिर, खुवा र घिउ बाहिरको बजारमा बिक्री गर्ने उद्देश्यसाथ डेरीको विकास भइरहेकाले डेरीलाई गाउँपालिकाबाट समेत आवश्यक सहयोग गर्ने भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले विश्वास व्यक्त गर्नुभयो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि