nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

के हो नाइरोबी फ्लाई ? कहाँबाट फैलियो नेपालमा ?जोगिन के गर्ने ?

सजिलो पोस्ट सजिलो पोस्ट
असार २५, २०७९, ८:४६ मध्यान्ह
के हो नाइरोबी फ्लाई ? कहाँबाट फैलियो नेपालमा ?जोगिन के गर्ने ?

काठमाडौं/असार २५ गते । एक साताको अवधिमा नाइरोबी कीराको केमिकल शरीरमा परेर ३ सय बिरामी झापास्थित दमक अस्पतालमा उपचारका लागि आए । दैनिक ३० देखि ४० जना बिरामी उपचारका लागि अस्पताल आइरहेका छन् ।

‘आज मात्र ३२ जना नाइरोबीका बिरामी आएका छन्,’ अस्पतालका छाला रोग विशेषज्ञ डा. गुरु पौडेल भन्छन्, ‘एक सातायता नाइरोबी संक्रमणका बिरामीको संख्या बढिरहेको छ ।’ यसअघि अस्पतालमा शुक्रबार सबैभन्दा कम बिरामी आउने गरेका थिए । बिहीबार एकै दिन ४२ जना नाइरोबी संक्रमणका बिरामी अस्पताल आएका थिए ।

के हो नाइरोबी फ्लाई ?
‘नाइरोबी फ्लाई इन्फेक्टा प्रजातिमा पर्ने जीव हो । कालो र पहेँलो धर्सा भएको कीरा हो । यो कीरा मनसुनमा धेरै ‘एक्टिभ’ हुन्छ । ‘पानी परेपछि धेरै आउँछ । लाइटमा कीराको आकर्षण देखिन्छ । रातिको समयमा एक्टिभ हुन्छ,’ डा. पौडेल भन्छन् ।

मानिसको शरीरमा हिँडेपछि एक प्रकारको केमिकलजस्तो पदार्थ उक्त कीराको शरीरबाट आउँछ । कीराको केमिकल मानिसको शरीरमा परेपछि छाला रातो हुने, फोका उठ्ने र पोल्ने लक्षण देखिन्छ । ‘लक्षण ८ देखि १२ घण्टाभित्रमा देखिन्छ,’ डा. पौडेल भन्छन् ।

तत्काल के गर्ने ?
‘शरीरमा नाइरोबी कीराले छोयो भने तत्काल साबुनपानीले धुन सकिन्छ । ‘कसैलाई सामान्य धर्सा देखिन सक्छ । कसैको शरीरभर फैलिन सक्छ । प्राथमिक उपचारपछि अस्पताल जानुपर्छ,’ डा. पौडेल भन्छन्, ‘छालामा आएको फोका कम गर्न मलम लगाउने र धेरै असर गरेमा एन्टिबायोटिक चलाउनुपर्ने हुन्छ ।’ आँखा सुन्निएर हेर्न गाह्रो भएको छ भने औषधि चलाउनुपर्ने बताउँछन् उनी । उनका अनुसार निको हुन दुई हप्तासम्म लाग्छ ।

हाल सामाजिक सञ्जालमा समेत धेरै प्रचार भइरहेकाले नाइरोबीबाट डराउनु नपर्ने तर सचेत भने हुनुपर्ने उनी बताउँछन् । ‘आत्तिने डराउने होइन, सावधानी अपनाउने हो । यसले जटिल स्थितिमा पुर्‍याउँदैन,’ डा. पौडेल भन्छन् ।

जोगिन के गर्ने ?
रातिको समयमा नाइरोबी एक्टिभ हुने भएकाले सुत्दा झुल लगाउन र लाइट अफ गर्न उनको सुझाव छ । ‘मोबाइलको उज्यालोले समेत नाइरोबी आउने भएकाले सावधानी अपनाउनुपर्छ,’ उनी भन्छन् । नाइरोबी कीराले नै टोकेको हो भनेर पहिचान गर्न गाह्रो छ । ‘मासुको बायोप्सी गरेर हेरेपछि पहिचान गर्न सकिन्छ,’ डा. पौडेल भन्छन् ।

सरकारको तयारी के छ ?
झापालगायत तराईका जिल्लामा नाइरोबीको आतंक बढेपछि सरकारले अध्ययन अनुसन्धान गरिरहेको जनाएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले नाइरोबी फैलिएका जिल्लाहरूबाट केसको विवरण मागिएको जनाएको छ ।

‘जिल्ला–जिल्लाबाट कीराले टोकेको हो होइन, विवरण मागेका छौँ । नार्कसँग पनि समन्वयको काम भइरहेको छ,’ महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त ओझा भन्छन्, ‘नियन्त्रणका लागि सबै निकायसँग परामर्श गरिरहेका छौँ ।’ उनका अनुसार भारतको सिक्किममा पनि नाइरोबी कीरा फैलिएको छ ।

Tags: स्वास्थ्य

Discussion about this post

Related Posts

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

नेप्से सीईओका लागि खुल्यो आवेदन, १५ दिनभित्र दरखास्त दिनुपर्ने

नेप्से सीईओका लागि खुल्यो आवेदन, १५ दिनभित्र दरखास्त दिनुपर्ने

पञ्चकन्या माई हाइड्रोपावरका १०.६४ लाखभन्दा बढी शेयर बिक्री गरिने

पञ्चकन्या माई हाइड्रोपावरका १०.६४ लाखभन्दा बढी शेयर बिक्री गरिने

प्रोग्रेशिभ फाइनान्सको २.१८ लाख संस्थापक सेयर बिक्रीमा

प्रोग्रेशिभ फाइनान्सको २.१८ लाख संस्थापक सेयर बिक्रीमा

हलिउडमा भन्दा पहिला नेपालमा प्रदर्शन हुनेछ स्पाइडर म्यानः४

हलिउडमा भन्दा पहिला नेपालमा प्रदर्शन हुनेछ स्पाइडर म्यानः४

माछामा भेटियो दुर्लभ क्यान्सर, त्यो पनि सर्ने खालको, बैज्ञानिक नै चकित

माछामा भेटियो दुर्लभ क्यान्सर, त्यो पनि सर्ने खालको, बैज्ञानिक नै चकित

फिफा अध्यक्षको आरोपः विश्वकपका बारेमा आलोचकहरूले घृणा फैलाए

फिफा अध्यक्षको आरोपः विश्वकपका बारेमा आलोचकहरूले घृणा फैलाए

दिनमा दुई कप कफी पिउनाले मुटुको रोगमा हुनेछ जोखिम कम 

दिनमा दुई कप कफी पिउनाले मुटुको रोगमा हुनेछ जोखिम कम 

आजको मौसमः देशभरी बादल लागेकाले मध्यम बर्षा हुने

आजको मौसमः देशभरी बादल लागेकाले मध्यम बर्षा हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!