nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पेट्रोलियमको कर ५०% घटाउन संसदीय समितिको निर्देशन, लिटरमा ३० देखि ३५ रुपैयाँसम्म घट्न सक्ने

सजिलो पोस्ट सजिलो पोस्ट
असार १०, २०७९, ९:०६ मध्यान्ह
आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ बढायो

काठमाडौं/असार १० गते । संसदीय समितिले पेट्रोलियम पदार्थमा सरकारले उठाउँदै आएको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको छ। 

पेट्रोलियम पदार्थको चरम मूल्यवृद्धिबाट सम्पूर्ण वस्तु तथा सेवाको महँगीले जनतालाई मार परेकाले यसको असर न्यून गरेर नागरिकलाई राहत दिन पेट्रोलियम पदार्थको कर आधा घटाउन समितिले सरकारलाई निर्देशन दिएको हो। 

विद्यमान अन्तराष्ट्रिय परिवेशबाट सिर्जित पेट्रोलियम पदार्थको मूल्य वृद्धि सामान्य नभएसम्मका लागि पेट्रोलियम पदार्थहरु बिक्रीमा सरकारले विभिन्न शिर्षकमा उठाउँदै आएको कर ५० प्रतिशत घटाउन भनिएको समितिका संयोजक प्रकाश रसाइलीले बताए। 

उनका अनुसार कर घटाउने सम्बन्धमा आयल निगम र सरकार पनि सकारात्मक रहेको उनको भनाइ छ।  ‘आयल निगमदेखि सरकार सबैको सहमतिपछि नै यो निर्देशन दिएको हो,’ रसाइलीले भने, ‘पेट्रोल डिजेलमा एक लिटरमा ३० देखि ३५ रुपैयाँसम्म मूल्य घट्न सक्छ।’

समितिको असार ६ गते बसेको बैठकले पेट्रोलियम पदार्थको चरम मूल्यवृद्धिबाट सर्वसाधारण राहत दिन वैकल्पिक उपाय खोजी गर्न सरकारलाई निर्देशन दिएको थियो। सोहीबमोजिम असार १० मा समितिअन्तर्गत गठित बजार अनुगमन उपसमितिको बैठकले सभापति समेतको सहभागितामा नेपाल आयल निगमका पदाधिकारीहरुसँग छलफल गरेको थियो। 

छलफलमा निगमका अधिकारीहरुले समितिका पदाधिकारीहरुलाई कर कतिसम्म घटाउन सकिन्छ भन्नेबारे आफ्नो राय दिएका थिए। निगमका उपमहानिर्देशक सुशील भट्टराईले भने, ‘हामीले कर कतिसम्म घटाउन सम्भव छ भनेर उहाँहरुलाई ब्रिफिङ गरेका थियौं, त्यही अनुसार उहाँहरुले निर्देशन दिनुभएको हो।’

उक्त छलफलपश्चात् नै समितिले नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल आयाल निगमलाई आधा कर घटाउन निर्देशन दिएको थियो। 

निगमले अहिले आफ्नो थोक खरिद मूल्य सार्वजनिक गर्ने गरेको छैन। तथापि, अहिलेको मूल्यमा पेट्रोलमा करिब ६५ रुपैयाँ र डिलेजमा ५० रुपैयाँ हाराहारी कर सरकारले उठाउँदै आएको बुझिएको छ। हरेकपटक हुने मूल्यवृद्धिमा समेत सरकारले भ्याट उठाउने गरेको छ।  

सरकारले हाल भारतले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलियम पदार्थको खपतबाट मात्रै मासिक लगभग चार अर्ब ७० करोड घाटा बेहोर्नु परिरहेको जिकिर गरेको छ। साथै, देशले हाल ब्यहोरिरहेको व्यापार घाटाको सबैभन्दा ठुलो हिस्सा नै पेट्रोलियम पदार्थ आयातमा रहेको छ। यसमा साढे २ खर्ब व्यापार घाटा पेट्रोलियम पदार्थको आयातबाट मात्रै भइरहेको छ। 

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन केही समय अगाडि कदम चालेको थियो। तर त्यसलाई व्यवहारिक रुपमा कार्यन्वयन गर्न सकेन। सरकारले यसलाई इन्धनको सपत घटाउन भन्दा पनि सरकारी विदा दिन मात्र कार्यन्वयन गरिएको जस्तो बनाएको छ। 

यसले इन्धन खपत १७ प्रतिशतसम्म घटेको थियो। तर सरकारले केही सरकारी कार्यलयहरुमा आइतबारको बिदा व्यावहारिक नभएको भन्दै यसलाई खारेज गर्यो। हप्ताको दुई दिन विदा जेठ एक गतेदेखि लागु गरिएकोमा असार एकपछि यसलाई हटाइएको छ। 

यस एक महिनाको अवधिमा नेपाल आयाल निगमले तयार पारेको तथांक अनुसार वैशाखसम्म बढेको खपत जेठमा १७ प्रतिशतले घटेको पुष्टी गरेको थियो। जेठमा करिब ५९ हजार ७ सय ४० किलोलिटर (केएल) पेट्रोल र एक लाख ४० हजार १८ केएल डिजेल खपत भएको निगमले जनाएको छ।

गत वैशाखमा भने ६७ हजार केएलभन्दा बढी पेट्रोल खपत थियो। डिजेल भने एक लाख ४५ हजार ३६१ केएल खपत भएको निगमले जनाएको छ। सामान्य समयमा पेट्रोल ६० देखि ६५ हजार केएल र डिजेल ६० देखि ७० हजार केएल बिक्री हुँदै आएको निगमको आँकडा छ।

अन्तराष्ट्रिय बजारमा बढेको पेट्रोलियमको मूल्यका कारण नेपापलमा पनि एउटै रुटको ढुवानी भाडासमेत ६ हजार रुपैयाँ बढेको अवस्था छ। यसको प्रतक्ष्य असर आम उपभोक्ताले उपभोग गर्ने समानको ढुवानीकै कारण मूल्य बढ्न जान्छ। सरकार भने मूल्य बढाउन मात्र लागि परेको देखिन्छ। तर यसको खपत कसरी कम गर्नेतर्फ भने चालेको कदम पनि खारेज गरेर बसिरहेको छ।

Tags: पेट्रोलियम पदार्थ

Discussion about this post

Related Posts

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

सलमान खानको सुरक्षामा खटिएका प्रहरी अधिकृतको मृत्यु

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारद्वारा २ लाख राहत, नयाँ घर बनाइदिने घोषणा

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि