माला कर्ण/सप्तरी/असार १ गते । विगत केही महिना यता सप्तरीमा महिला हिं साको घटना बढ्दो छ ।
गम्भिर प्रकृतिका महिला हिं साका घटना बढ्दै जाँदा प्रहरीले ठोस अनुसन्धान भने नगरेको पीडित तथा सरोकारवालाको आरोप छ । पछिल्लो समय सप्तरीमा घरनिकालाको घटना बढेको देखिएको छ ।
राजविराज –५ मा घर भाडा गरी बस्दैआएका एकल महिलालाई सकरपुराका आशिष सिंहले कु टपिट गरी घाइते बनाएको छ ।
समान्य घरायसी विवाद सिर्जना गरेर कसैको सहारा नभएकी पुष्पा स्वर्णकारलाई सिंहका परिवारले कु टपिट गरेको स्थानियहरुले बताएका छन ।
कु टपिटबाट घाईते हुनुभएकी पुष्पा गजेन्द्र नारायण सगरमाथा अस्पतालमा उपचार गराइ रहनुभएको छ । विगत १५ वर्ष देखि एकै स्थानमा बस्दै आइरहनुभएका पुष्पाको श्रीमानको मृ त्यु भइसकेको छ ।
कसैको सहारा नभएका पुष्पा दिनभरी मजदुरी गरेर १२ बर्षिय छोराको पालन पोषन गर्दैआउनुभएको छ ।
अस्पतालमा उपचार गराई रहनुभएकी पुष्पाले भन्नुभयो, ‘सिंहको परिवाले विगत दुई वर्षदेखि मलाई कुदृष्टीले हेरिरहेको छ, सामान्य विषयमा निहु खोजेर झगडा गर्ने, कु टपिट गर्नेगरेको छ ।’
जिल्ला प्रहरी कार्यालयमा सिंहको राजनीतिक पहुँच भएका कारण प्रहरीले खासै चासो नलिएको उहाँको आरोप छ ।
अधिकारकर्मी तथा राष्ट्रिय एकता अभियानको उपाध्यक्ष सुनिता साहले घाइते पुस्पाको बारेमा जानकारी लिई न्यायका लागि आफुहरु पहल गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीहरु अस्पाल पुगेर घाईतेको अवस्थाबारे जाकारी लिई प्रहरीलाई जानकारी गराई सकेका छौं, अव हामी कानूनी प्रक्रिया अगाडि बढाउँछौ ।’
यता विगत तीन महिनाको अवधीमा ६ जना महिलामाथि महिला हिं सा, घरेलु हिं सा र घर निकालाका घट्ना दर्ता भएका छन् । अन्यायमा परेका उहाँहरुलाई अदालतको संरक्षनात्मक आदेश पश्चात् घरमा प्रवेश गराइएको छ । पुस्पाको घटनामा प्रहरीले सक्रियता देखाएको छैन ।
अन्य महिलामाथि हुने हिं सा भने अनगिन्ति भएपनि अदालतमा दर्ता हुन भने आएको छैन । कतिपय घटना निवेदन लिएर पनि इलाका प्हरी कार्यालयहरुले दर्ता गरेको छैनन् ।
त्यस्तै, सोमवार अदालतको संरक्षात्मक आदेशपछि राजविराज नगरपालिका ३ का २३ वर्षिया आरती दासलाई गृह प्रवेश गराइएको छ । नवीन दासकी पत्नी आरतीलाई जनप्रतिनिधि, कानुन व्यवसायी, संचारकर्मी, अधिकारकर्मी, प्रहरी र स्थानीयको उपस्थितिबीच घर प्रवेश गराइएको छ ।
धनुषाको जनकपुर उपमहानगरपालिकामा माईत रहेको आरतीको डेढ वर्षअघि नवीनसँग विवाह भएको थियो । केही दिनपछि दाईजोको विषयलाई लिएर परिवारका सदस्यसँग परेको खटपटका कारण आफुलाई घर निकाला गरिएको पीडित महिला आरतीको भनाइ छ ।
न्यायका लागि सप्तरी जिल्ला अदालतमा घरेलु हिं साको मुद्दा दर्ता गर्न पुगेका दासलाई अधिवक्ता किरणकुमारी साहले निशुःल्क कानुनी सहायता उपलब्ध गराउनुभएको थियो ।
आरतीलाई गर्भवती रहेकै अवस्थामा कु टपिट गर्दै घर निकाला गरिएको थियो। त्यसक्रममा कु टपिटबाट उहाँको ६ महिनाको गर्भ समेत तु हिएको थियो । त्यसपछि अदालतमा न्यायको लागि उहाँ पुग्नुभएको थियो।

















Discussion about this post