सिरहा/जेठ १८ गते। सिरहामा बुहारीले देवर र ससुराको ह त्या गरेको घटना सार्वजनिक भएको छ ।
अर्नमा गाउँपालिका १ महनौरका ससुरा चन्देश्वर पाल र देबर सन्तकुमार पालको हत्या गरेको आरोपमा बुहारी शान्ति देवी पालसहित तीन जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।
गएको ७ गते राती सुतेको अवस्थामा धरिलो हतियार प्रहार गरी बाबुछोराको ह त्या भएको थियो ।
घटना भएको दश दिनपछि प्रहरीले मंगलबार अपराधमा संलग्न गोलबजार नगरपालिका ४ का बेचु पाल, मृ तक चन्द्रेश्वर पालको साईली बुहारी शान्तिदेवी पाल र जनिफ मियाँलाई सार्वजनिक गरेको हो ।
मृतक सन्त कुमारको विवाह मोरंगमा गत ११ गते हुने तय भएको थियो । सोही विवाहमा भाउजु शान्तिलाई फोनमार्फत नआउन र छोराछोरीमात्रै पठाउन भनेको कुराको रिसिबि राखी ह त्या भएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।
शान्तिको श्रीमान विदेशमा छन् । उनले आफ्नो श्रीमानको साथी जेनिफ मियाँ र बेचु पाललाई ह त्या गर्ने सुपारी दिएको पाइएको छ । उनले जेनिफ र बेचुलाई ५० हजार दिने प्रलोभन दिएको थियो ।
बेचुको पनि मृ तक चन्देश्वरसँग पुरानो रिसिबि देखिएको छ । घटना स्थलबाट प्रहरीले प्रयोग भएको खुकुरी, खुकुरी राखेको झोला, हत्या गर्ने बेला लगाएको लुंगि, रगत लागेको पाईन्ट, टिशर्ट र चार थान मोबाइलसमेत बरामद गरेको छ ।

















Discussion about this post