nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बालेन काठमाडौंको मेयरमा जित्ने निश्चित, पुर्ख्यौली गाउँ महोत्तरीमा दीपावलीको तयारी

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ११, २०७९, २:४९ मध्यान्ह
बालेन काठमाडौंको मेयरमा जित्ने निश्चित, पुर्ख्यौली गाउँ महोत्तरीमा दीपावलीको तयारी

शैलेन्द्र महतो/जनकपुरधाम । देशकै केन्द्रबिन्दु काठमाडौं महानगरको मतगणना चलिरहँदा महोत्तरीको एकडारा गाउँपालिकावासीमा खुशीको माहोल छ। अन्तिम नतिजा नआउँदै गाउँले गदगद छन्। अन्तिम नजिता घोषणा भएलगत्तै गाउँमा दीपावलीसँगै मिठाइ बाँडेर खुसीयाली मनाउने उनीहरुको तयारी छ।

यतिबेला एकडारा गाउँबासीको दृष्टि काठमाडौंको मतगणनाको परिणाममा अडिएको छ। बेला बेला गाउँबासीहरु रेडियो सुन्छन्, टिभी हेर्छन्, अनलाइन र समाजिक सञ्जालको भित्तामा मतगणना परिणाम चहार्छन्। यसको एउटै कारण हो कहिल्यै नसोचेको नतिजा एकडारा गाउँबासीले मात्र होइन देशले पाउँदै छन्।

देशकै राजधानीमा यहीँका एक युवक इतिहास जो रच्दै छन्। स्वतन्त्रबाट काठमाडौंको मेयरमा जित नजिक पुगेका बालेन शाह (बालेन) यही गाउँका छोरा/नाति हुन्। यसैले उनको यो ऐतिहासिक जितमा गाउँले खुसी नहुने कुरै भएन।

बालेनका काका (बाजेका भाइका छोरा) सन्तोष साहले भतिज जितेको खुसीमा गाउँमा मिठाइ बाँड्ने र दीपावली मनाउने तयारी गरेको बताए। साहले जनकपुरस्थित विश्वकर्मा चोकमा कुन्दन मेडिकल चलाइरहेका छन्। भतिजले यसरी राजनीतिमा चमत्कार गर्छन् भन्ने उनले कहिल्यै सोचेकै थिएनन्। तर, काठमाडौं उपमहानगरको मेयरमा उम्मेदवारी दिएर आफ्नो खानदानका चिराग बालेनले सर्वाधिक चर्चा पाएसँगै उनी निकै खुसी भएका छन्।

‘बालेन पहिलादेखि नै समाजसेवा, र्याप गीतमा सक्रिय छन्। तर यसरी राजनीतिमा उनको उदय हुन्छ भन्ने मैले कल्पना नै गरेको थिइनँ’ उनले भने ‘अब काठमाडौंको मेयर बन्ने निश्चित नै छ। हामी गौरवान्वित छौं। जसरी पार्टीभन्दा माथि उठेर जनताले विश्वास गरी बालेनलाई मत दिएका छन्। त्यसरी नै उनले समाज र राष्ट्रका लागि उदाहरणीय र ऐतिहासिक काम गरोस् भन्ने मेरो शुभकामना छ।’

हुन त चुनावको उम्मेदवारी दर्ता हुनु अघि बालेन एकडारा गाउँपालिकाकै हुन् भन्ने कुरा धेरै छिमेक र गाउँलेलाई पनि थाहा थिएन। बालेनले उम्मेदवारी दर्ता गराउँदा एकाएक मिडिया लगायत सामाजिक सञ्जालमा छाउँदा उनी यसै गाउँका छोरा नाति हुन् भन्ने थाहा पाउन थाले।

स्थानीय संचारकर्मी रहेका दीपक पाण्डे भन्छन् ‘पहिला धेरैलाई थाहा थिएन। बालेनको एकाएक चर्चा चुलिएपछि हामीले थाहा पायौं उहाँ त यही गाउँका छोरा नाति भनेर।’ बालेन जित्ने खुसीमा गाउँमा उत्सवको तयारी भइरहेको उनले जानकारी दिए।

बालेनलाई जितको बधाई शुभकामना दिन गाउँले समूहमा काठमाडौं जाने तयारी गरिरहेको पनि उनले सुनाए।

​बालेनको पुर्ख्यौली घर एकडारा गाउँपालिका वडा नं. १ मा छ। उनका हजुरबुबा मुनिलाल साह तेली गाउँका जमिन्दार थिए। जमिन्दार भएका कारण उनलाई गाउँले महाजन भन्ने गर्थे। १५ वर्षअघि मुनिलालको देहान्त भइसकेको छ।

मुनिलालका चारजना छोरा छन्। सबै छोरा घरपरिवारसहित गाउँ बाहिरै बस्छन्। दुई छोरा जनकपुर र दुई काठमाडौं लामो समयदेखि बन्दै आएका छन्। जसमध्ये एक छोरा हुन् रामनारायण साह। उनी आयुर्वेद डाक्टर हुन्।

डा.रामनारायण करिब चार दशक अघि नै काठमाडौंको सिंहदरबारस्थित आयुर्वेद औषधालयमा चिकित्सकको रुपमा काम गर्न गएका थिए। सोही बेलादेखि उनी उतै छन्। उतै बिहेवारी गरे।

उनका दुई छोरा छन् जेठो कौशलेन्द्र र कान्छो बालेन्द्र (बालेन)। बालेनका हजुरबुबाले अर्जेको करिब ४० बिघा जग्गा अझै गाउँमा छ, जुन उनका चारै छोराको सगोल सम्पत्ति हो ।

बालेनको पुर्ख्यौली घरमै एकडारा गाउँपालिकाको प्रशासनिक कार्यालय छ। स्थानीयका अनुसार सो घर गाउँपालिका कार्यालयलाई भाडामा दिएको छ।

स्वर्गीय मुनिलाल केही जग्गा स्थानीय गरीब सुकुम्बासीलाई पनि दिएको स्थानीय बताउँछन्। ६ महिना वर्ष दिनमा रामनारायणका परिवार गाउँ आउने गरेका छन्।

Tags: महोत्तरी खबरस्थानीय तहको निर्वाचन २०७९स्थानीय तहको निर्वाचनको मतगणना अपडेट

Discussion about this post

Related Posts

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

भोटेकोशी बाढीमा वीरगञ्जका १५ बेपत्ता, परिवारको पीडामा मेयर सिंह

भोटेकोशी बाढीमा वीरगञ्जका १५ बेपत्ता, परिवारको पीडामा मेयर सिंह

गरुडा बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी अभाव, गर्भवतीले बाहिरै जन्माइन् बच्चा

गरुडा बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी अभाव, गर्भवतीले बाहिरै जन्माइन् बच्चा

जनकपुरधामका निजी अस्पतालको स्वास्थ्य सेवाबारे अन्तर्क्रिया

जनकपुरधामका निजी अस्पतालको स्वास्थ्य सेवाबारे अन्तर्क्रिया

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी  ‘विनाशकाले विपरीत बुद्धि’

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी ‘विनाशकाले विपरीत बुद्धि’

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि