सप्तरी/बैशाख ३१ गते । सप्तरीको सप्तकोशी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद ढकालले अग्रता कायमै राखेका छन् ।
९०० मतगणना हुँदा ढकालले ४२० मत ल्याएर अग्रता कायमै राखेको हो । एमालेका उत्तमकुमार शर्माले २१९ मत ल्याएर ढकाललाई पच्छ्याइरहेका छन् ।
मेयरमा नेकपा माओवादी केन्द्रका रवीन्द्र चौधरीले ९५ र नेकपा एकीकृत समाजवादीका नारायणप्रसाद आचार्यले ७८ मत प्राप्त गरेका छन् ।
यसै गरी उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार रिताकुमारी चौधरीले ३४९ मत ल्याएर अग्रता कायम राखेकी हुन् ।उपमेयरमा नेकपा एमालेकी संगीताकुमारी चौधरीले २०९, नेकपा माओवादीकी राजकुमारी चौधरीले १४०, एकीकृत समाजवादीकी बबिता देवी सरदारले ५५ मत प्राप्त गरेका छन् ।
Discussion about this post