सप्तरी/बैशाख २८ गते। दुई वर्षअघि प्रेम विवाह गरेकी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– ११ कि १९ वर्षिया मनिषा कुमारी साह बुधबार आफ्नै घरमा झु ण्डिएको अवस्थामा मृ त फेला परेकी छन् ।
ससुराली पक्षले सामान्य घरायसी तनावमा आवेशमा आइ आ त्मह त्या गरेको जनाइ रहँदा माइती पक्षले ह त्या भएको आरोप लगाएका छन् । माइती पक्षले घटना सुनियोजित भएको भन्दै उच्चस्तरीय छानबिनको माग समेत गरेका छन् ।
बुधबार नै माइती पक्षले मृ तक मनिषाका पति २३ वर्षीय विकास पण्डित, ५२ वर्षीया सासु ललितादेवी पण्डित र ५४ वर्षीय ससुरा हरिदेव पण्डित विरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिँदै घटनाको सत्यतथ्य छानबिन र दोषिमाथि कारवाहीको माग गरेका छन् ।
“घटनास्थलको अवस्था र छोरी मनिषाको शरीरको विभिन्न भागमा देखिएको चोटपटकको निशानले त्यो आ त्मह त्या नभइ ह त्या भएको हो, मृ तककी आमा ललितादेवी साहले भनिन्, सत्यतथ्य बाहिर आउनका लागि उच्चस्तरको छानबिन हुनुपर्छ ।” उनले घटनास्थलबाट श व निकालेर अस्पताल पुर्याउँदा छोरीको शरीरको विभिन्न भागमा गहिरो चोटपटकका दागहरु देखिनु आ त्मह त्या नभएर ह त्या नै भएको संकेत भएको बताउँदै आ त्मह त्या भएको देखाउने मनसायले झु ण्ड्याइ एको दाबी समेत गरिन् ।
मृ तकका मामा केशवले मंगलबार राति १२ बजेतिर मनिषाको ससुराली पक्षबाट मनिषाले झुण्डिएर आ त्मह त्या गरेको भनी फोनबाट जानकारी प्राप्त भएको बताए ।
सप्तरीको रुपनी गाउंपालिका–३ माइत भएकी मनिषाको दुई वर्षअघि विकास सँग प्रेम विवाह भएको थियो । राजविराजस्थित एक कलेजमा पढ्दै गर्दा दुबैबीच गहिरो प्रेम सम्बन्ध स्थापित भएपछि दुबै जना भागि प्रेम विवाह गरेका थिए । मनिषाकी आमा ललिताले उक्त प्रेम विवाहबाट विकासका अभिभावक असन्तुष्ट रहेको तथा पटक पटक छोरीलाई शारीरिक र मानसिक यातना दिन थालिएको बताउँदै पछिल्लो दुई महिना यता छोरीसँग फोनमा समेत कुराकानी गर्न नदिइएको ससुराली पक्षमाथि आरोप लगाइन् ।
घरको वातावरण बारे बाहिर कुरा ल्याउँछस भन्दै छोरीसँग भएको मोबाइल पनि उनीहरुले खोसे, ललिताले रुँदै सुनाइन् । उनले न्यायका लागि पहल गरिदिन संचारकर्मी र अधिकारकर्मीसँग आग्रह समेत गरेकी छन् ।
यता मृ तक मनिषाका ससुरा हरिदेव पण्डितले उक्त आरोप निराधार भएको दाबी गरेका छन् । “मनिषालाई म छोरी जस्तै मान्थे, उनले भने “यस्तो ज घन्य अपराध गर्ने कल्पना पनि गर्न सकिन्न् ।” उनले घटनाका राति छोरा विकास एक जना साथीको विवाहमा गएको र आफू पनि एक जना उम्मेदवारको पक्षमा चुनावी प्रचार प्रसार गरि घर फर्किदा उक्त दुःखद घटना बारे जानकारी पाएको बताए ।
मनिषाको दुई महिनाको बच्चा पनि छ । म आउँदा उनी रुदै गरेको र मनिषा सुतेको कोठाभित्रबाट ढोका बन्द हुँदा परिवारका अन्य सदस्य मिली ढोकामा बल लगाएर खोल्दा उनी झुण्डिएको अवस्थामा फेला परेको ससुरा हरिदेवले बताए ।
जिल्लाका प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले घटनाको सुक्ष्म अनुसन्धान थालिएको बताए । उनले मनिषाको श व पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा ल्याई पु¥याई अनुसन्धान सुरु गरिएको जानकारी दिँदै भने,‘मृ तकको पोष्टमार्टम प्रतिवेदन र घटनाको अन्य पाटोको भइरहेको अनुसन्धान प्रक्रिया सकिएपछि सबै सत्यतथ्य बाहिर ल्याउने छौं ।’
साभार स्रोत-ईजनकपुर टुडे अनलाईन बाट

















Discussion about this post