सिरहा/बैशाख १८ गते। सिरहामा स्थानीय तहको निर्वाचनको प्रचार कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)को चुनावी प्रचार प्रसारमा हिडेका एक वृद्धको मृ त्यु भएको छ ।
सिरहाको नवराजपुर गाउँपालिका(१ का ६५ वर्षीय बद्री मोचीको नि धन भएको हो । चुनाव प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगे पनि नि धन भएको प्रहरीले जनाएको छ ।
मृ त्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
श व पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।














Discussion about this post