विनोद मण्डल/वैशाख १४ गते। नेपाली राजनीतिक इतिहासमा परिवर्तनका अनेकन आयाम चलिरहेको हुन्छ । परिवर्तन असल समाजको निर्माण गर्न आवयक रहन्छ । राजनीतिक भन्दा पृथक विचार आजभोलिको आवश्यकता रहेको पाइन्छ । समाज परिवर्तनमा युवाको भूमिका सकारात्मक रूपमा रहेको हुन्छ ।
समाजको गरिमालाई नजिकबाट बुझेका युवा नेता संजीव कुमार यादव चुनावी मैदानमा नयाँ विचार लिएर जसपा नेपालबाट धनगढीमाई नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएका हुन् । नगरपालिकामा राजनीतिक दलमध्ये बौद्धिक पहिचान बोकेका निक्कै चर्चामा रहेका संजीव कुमार यादव कृषि विज्ञ समेत मानिन्छन् ।
शैक्षिक क्षेत्रमा ख्याति कमाएका र कृषि कार्यमा लागिपरेका युवा यादवले करिब 11 बिगाहामा नर्सरी सञ्चालनमा बढी ध्यान दिँदै स्थानिय आवश्यकताको लागि कृषि क्रान्तिमा बढी ध्यान केन्द्रित गरेका यादवको राजनीतिक छवि अशल भएकोले उनी राजनीतिक पहिचान र एजेण्डा सहित चुनावी मैदानमा आएको खवरले स्थानिय स्तरमा खुशी छाएको छ ।















Discussion about this post