सप्तरी/बैशाख १० गते । परपुरुषसँगको अवैध सम्बन्धबारे पोल खुल्ने डरले दुई वर्षीय अवोध छोरीलाई नदीमा फालेर ह त्या गरी फ रार भएकी एक महिलालाई घटनाको पाँच वर्षपछि प क्राउ गरिएको छ ।
श्रीमान् सूर्यनारायण मण्डल रोजगारीको सिलसिलामा विदेश रहेका बेला गाउंकै एक परपुरुषसँग अवैध सम्बन्ध कायम गरेकी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ की २७ वर्षीया रानी मण्डलले दुई वर्षीया छोरीको ह त्या गरेको आरोपमा प क्राउ परेकी हुन् ।
उनलाई गोप्य सूचनाको आधारमा विहीबार राजगढ गाउाँंलिका– ५को एक घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले प क्राउ गरेको हो । २०७३ साल साउन १२ गते राती रानीले आफ्नै दुई वर्षीया छोरी प्रमिलालाई खाँडो खोलामा आएको बाढीमा फ्यालेर ह त्या गरेको प्रहरीको अनुसन्धानले खुलेको छ ।
विदेशमा रहेका श्रीमान् घर फर्किन लागेको र परपुरुषसँगको अवैध सम्बन्धबारे छोरीमार्फत खुलासा हुने डरले खाँडो नदीमा लगेर बाढीमा बगाई उनको ह त्या गरिएको अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सूर्यनारायणको जाहेरीले वादी नेपाल सरकारको तर्फबाट रानीमाथि कर्तव्य ज्यान मुद्दा चलाइएपछि उनी फ रार भएकी थिइन् । उक्त मुद्दा उपर सुनुवाई गर्दै २०७५ साल फागुन १५ गते २० वर्ष कैद सजायको फैसला सुनाइएको थियो । डिएसपी माधवप्रसाद काफ्लेले रानीले अपराध कबुल गरिसकेको जानकारी दिए । प क्राउ परेकी उनलाई अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
साभार स्रोत-जनकपुरटुडे अनलाईन बाट

















Discussion about this post