nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

परवीन बाबी : पागलखानामा हाँसेरै बिताइन् दिन, थुप्रै अफेयर तर अन्तिममा कोही रहेन, ३ दिनपछि भेटियो श व

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २७, २०७८, १०:१३ मध्यान्ह
परवीन बाबी : पागलखानामा हाँसेरै बिताइन् दिन, थुप्रै अफेयर तर अन्तिममा कोही रहेन, ३ दिनपछि भेटियो श व


दिवार, अमर अकबर एन्थोनी, सुहाग, काला पत्थर, द बर्निङ ट्रेन, शान र कालियाजस्ता उत्कृष्ट फिल्ममा अभिनय गरेकी परवीन बाबीको आज ६८ औँ जन्मजयन्ती हो । जुन समयमा नायिका भारतीय नारीको लुकले चिनिन्थे त्यतिबेला परवीन आफ्नो बोल्ड र वेस्टर्न लुकले चर्चित भइन् । परवीनले जति तीब्र गतिमा सफलता हासिल गरिन् त्यसै गतिमा उनी गुमनामको दुनियाँमा पनि गइन् । परवीन अचानक सेटबाट गायब भइन्, यस्तो हुनुमा उनको अन्डरवर्ल्डसँगको सम्बन्धलाई कारण बताइयो ।

परवीनको डेनी डेन्जोङ्पा, महेश भट्ट, कबिर बेदीसँग नाम जोडियो । उनको मानसिक स्थिति बिग्रियो र उनीसँग ती व्यक्ति टाढा भए । परवीनको स्थिति यतिसम्म बिग्रियो कि जब उनलाई न्यूयोर्कको अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो परिचय प्रमाणित नगरेका कारण पागलसँगै राखियो तब उनी हासेको हास्यै भइन् । अन्तिम दिनमा परवीनलाई ठूला सेलिब्रिटीबाट ज्यानको खतरा महसुस हुन थाल्यो । आज नायिकाको जन्म जयन्तीको अवसरमा उनको मुश्किलले भरिएको रहस्यमय यात्रा कस्तो रह्यो भन्ने जानकारी लिऔँ ।

५ वर्षको उमेरमा पिता गुमाइन्ः

४ अप्रिल सन् १९५४ मा जुनागढ, गुजरातमा परवीन बाबीको जन्म वली मोहम्मद खानको घरमा भयो । परवीनको जन्म उनको आमा–बुवाको विवाह भएको १४ वर्षपछि भएको थियो । पाँच वर्षको हुँदा नै उनले आफ्नो पिता गुमाइन् । अहमदाबादबाट पढाई पूरा गरेपछि परवीनले मोडलिङ सुरु गरिन् । कलेजमा दिनमा नै परवीनले चुरोट पिउने गर्थिन् । एक दिन चुरोट तानिरहेकी परवीनमाथि फिल्म निर्माता बिआर इशाराको नजर पर्यो र परवीनलाई हिरोइन बनाउने सोचे ।

परवीनले सन् १९७३ को फिल्म चरित्र पाइन् । फिल्म फ्लप थियो तर परवीनले थुप्रै्र फिल्म पाइन् । उनले मजबुर (१९७४), दिवार (१९७५) जस्ता दर्जनौँ हिट फिल्म दिइन् ।

जब सेटबाट अचानक गायब भइन् परवीनः

सन् १९८३  मा परवीन एउटा फिल्मको सुटिङ गर्दागर्दै अचानक सेटबाट गायब भइन् । उनले न कसैलाई जानकारी दिइन् न नै यसबारे कसैलाई केही खबर थियो । यतिबेला परवीनमाथि अन्डरवर्ल्डका मानिसको नजर थियो बताइयो, यसैकारण उनलाई गायब गरिएको बताइयो । नायिकाका थुप्रै फिल्म उनको अनुपस्थितिमा रिलिज भयो । ६ वर्षपछि परवीन मुम्बई आइन् र उनले अध्यात्मका लागि इन्डष्ट्रि छोडेको स्पष्टिकरण दिइन् ।

विवादमा रह्यो अफेयरः

परवीन बाबीको इन्डष्ट्रिमा पहिलो अफेयर डेनी डेन्जोङ्पासँग रह्यो । यो करिब ४ वर्षसम्म रह्यो । परवीन  कबिर बेदीसँग पनि सम्बन्धमा रहिन्, तर यो सम्बन्ध धेरै दिनसम्म चल्न सकेन । सन् १९७७ तिर परवीनलाई महेश भट्ट मन पर्यो । महेश पहिला नै विवाहित थिए र इन्डष्ट्रिमा स्ट्रगल गरिरहेका थिए जबकी परवीन त्यतिबेला एक सफल नायिका थिइन् ।

हत्कडी लगाएर पागलखाना लगियोः

सन् १९८४ मा परवीन बाबीलाई न्यूयोर्क विमानस्थलमा प्रहरीले पक्राउ गरेर पागलखानामा बन्द गराएको थियो । परवीनले विमानस्थलमा अचम्मको व्यवहार गरिरहेकी थिइन्, जब सुरक्षाकर्मीले उनीसँग सोधपुछ गरे तब उनले आफ्नो परिचय दिन सकिनन् । उनलाई हत्कडी लगाएर मानसिक सन्तुलन गुमेकाहरुसँग बन्द गरियो । जानकारी पाउने बित्तिकै इन्डियन काउन्सिल उनी भएठाउँ पुग्दा परवीन मुस्कुराइरहेकी थिइन् ।


Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

मधेश प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

मधेश प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाममा यस वर्ष पनि दशैँ बजार लाग्ने

जनकपुरधाममा यस वर्ष पनि दशैँ बजार लाग्ने

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

राष्ट्रियसभाः विपद् व्यवस्थापनदेखि संवैधानिक आयोगका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः विपद् व्यवस्थापनदेखि संवैधानिक आयोगका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

देउवा समूह महाधिवेशनको तयारीमा: तोकियो कार्यतालिका र उम्मेदवारी शुल्क

देउवा समूह महाधिवेशनको तयारीमा: तोकियो कार्यतालिका र उम्मेदवारी शुल्क

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

आमाको दूधलाई प्रतिस्थापनसम्बन्धी विधेयकमाथिको प्रस्ताव स्वीकृत

चोलेन्द्रको पक्राउ प्रति प्रचण्डले भने : सरकारले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ

चोलेन्द्रको पक्राउ प्रति प्रचण्डले भने : सरकारले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

‎भदौ महिनाको उत्कृष्ट प्रहरी बनिन् प्रहरी जवान लक्ष्मीकुमारी कार्की

‎भदौ महिनाको उत्कृष्ट प्रहरी बनिन् प्रहरी जवान लक्ष्मीकुमारी कार्की

देश एउटै, राजमार्ग एउटै- तर सडकको मापदण्ड र न्याय किन फरक ?

देश एउटै, राजमार्ग एउटै- तर सडकको मापदण्ड र न्याय किन फरक ?

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि