अरुण कुमार यादव/राजविराज/चैत २६ गते । नेपाल राष्ट्रिय शिक्षक संगठन सप्तरीको नव निर्वाचित पदाधिकारीहरुको आज पद तथा गोपनियताको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

राजविराजस्थित केअ माविमा शनिवार आयोजित पद तथा गोपनियताको सपथग्रहण कार्यक्रममा नवनिर्वाचित जिल्ला अध्यक्ष बैद्यनाथ प्रसाद यादवसहित ५१ जना जिल्ला कार्यसमितिलाई सपथग्रहण गराइएको हो ।
निर्वाचन समितिका संयोजक जयप्रकास चौधरीले उनीहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराइएको कार्यक्रममा सहभागि शिक्षक रोशन गोइतले बताए ।
यस्तै कार्यक्रममा उपाध्यक्ष सुर्यनारायण चौधरी,महिला उपाध्यक्ष लक्षण कुमारी यादव,सचिव जयराम मण्डल,कोषाध्यक्ष राजलाल साह र सह –सचिव प्रियंका कुमारी यादव लगायत सदस्य तथा केन्द्रीय प्रतिनिधि देव प्रसाद यादव,योगेन्द्र प्रसाद साह र मालती चौधरीलाई समेत प्रमानपत्र प्रदान गरि सपथग्रहण गराइएको छ ।
जिल्लाका बिभिन्न बिद्यालयबाट आएका निर्वाचित सदस्यहरुलाई उक्त कार्यक्रममा प्रमानपत्र समेत दिइएको थियो ।चैत २३ नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति सप्तरीको १३ औ जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।

















Discussion about this post