अरुण कुमार यादव /सप्तरी/चैत २५ गते। नेपाल पत्रकार महासंघ सप्तरी शाखाको नयाँ भवन आज शिलान्यास गरिएको छ ।

मधेश प्रदेशको सहयोग तथा नेपाल पत्रकार महासंघले आज राजविराजमा आयोजना गरेको एक समारोहका बीच मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले भवनको शिलन्यास गर्नुभएको छ ।
भवन शिलन्यास पछि आयोजित कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री साहले पत्रकारहरुको हितमा आधुनिक, सुविधा सम्पन्न भवन निर्माण गर्न रकमको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्री साहले पत्रकार महासंघको सस्थागत विकासमा आफूले भुमिका निर्भाह गर्ने बताउदै विकास निर्माणका काममा खवरदारी गर्नका लागि समेत सुझाव दिनुभयो ।

भवन निर्माणका लागि मधेश प्रदेश सरकारले रु २५ लाख रुपैयाँ रकम विनियोजन गरेको महासंघका अध्यक्ष श्रवण कुमार देवले जानकारी दिनुभयो । केहि दिनभित्र भवन निर्माण थाल्ने तयारी गरेर भवनको शिलान्यास गरेको बताउदै २५ लाखमा अपुग भएपछि प्रदेश सरकारले अरु पैसा थपिने महासंघका अध्यक्ष देवले बताउनुभयो ।

दुई तल्ले निर्माण सुरु गर्न लागिएको पत्रकार महासंघका भवन समय भित्र निर्माण गरी सक्ने पत्रकार महसंघका कोषाध्यक्ष नवीन कुमार गुप्ताले भन्नुभयो ।
भवन शिलान्यास कार्यक्रमा जिल्ला भरीका विभिन्न संचारमाध्यमा कार्यरत पत्रकारहरुको उपस्थितमा भवन शिलान्यास भएको थियो ।

















Discussion about this post