सिरहा/चैत २४ गते । सिरहामा करिव अढाईलाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिईने भएको छ । भोली चौत २५ गतेबाट सुरु हुन लागेको टाइफाइड विरुद्धको खोप अभियानमा जिल्लाका २ लाख ४५ हजार ८३ जना १५ महिना देखि १५ वर्ष मुनिका बाल बालिकाहरु सहभागी हुने भएको हो ।
सिरहामा दुई चरणमा हुन लागेको खोप अभियानमा एक हजार १० खोप केन्द्र रहने स्वास्थ्य कार्यालयले जनाएको छ । खोप कार्यक्रमलाई सहज र व्यवस्थित बनाउन खोप लाउने ४ सय ३२ जना स्वास्थ्यकर्मि र ८ सय ६४ जना स्वायम् सेवक परिचालन गरेको स्वास्थ्य कार्यालय सिरहाका निमित्त प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।
खोपमा खटिने सवै स्वास्थ्यकर्मि, स्वायम्सेवक तथा कर्मचारीहरुलाई आवश्यक तालिम दिईसकेको खोप फोकल पर्सन रामविनय यादवले जानकारी दिए । उनले भने, ‘खोपमा परिचालित सवै कर्मचारी र स्वास्थ्यकर्मि, स्वायमसेविकाहरुलाई तालिम दिईसकेको छ’ भोलिबाट सहज तरिकाले खोप कार्यक्रम सञ्चालन हुन्छ ।’
चैत २५ देखि २९ गते सम्म चल्ने पहिलो चरणमा जिल्लाका १७ पालिकामध्ये सिरहा नपा, विष्णुपुर, नरहा गापा, कल्यानपुर नपा, मिर्चैया नपा, कर्जन्हा नपा, लहान नपा र सखुवानक्कारकट्टी गापामा सञ्चालन हुने स्वास्थ्यकार्यालय सिरहाले जानकारी दिए ।
दोस्रो चरण २०७९ वैशाख ४ देखि ८ गतसम्म चल्ने जनाएको छ । दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत गोलबजार, धनगढीमाई, सुखिपुर नपा, अर्नमा, औरही, भगवानपुर, बडियारपट्टी, नवराजपुर र लक्ष्मीपुर पतारी गापामा सञ्चालन हुने जनाएको छ ।
खोपमा सवैको सहज पहुँचको लागि जिल्लाको पूराना एक सय ६ वटा गाविसका सवै वडाहरुमा रहेका विद्यालय, सामूदायिक भवनलाई खोपकेन्द्रको रुपमा प्रयोग गरिने छ । २ नगर पालिमाहरुमा भने प्रत्यक वडामा २ वटा खोपकेन्द्र स्थापना गरिएको छ ।
के हो टाइफाईड रोग ?
टाइफाइड ज्यानै जोखिममा पार्न सक्ने एक संक्रामक रोग हो । अहिलेसम्म नेपालमा सवैभन्दा बढि अस्पताल भर्नाहुने रोगमध्ये चौथो नम्वरमा रहेको पाँचवर्षको अध्ययनले देखाएको जनाएको छ ।
सालमोनल्ला टाफी, साल्मोनेल्ला पाराटाइफी एबीसी नामक ब्याक्टेरियाका कारण यो रोग लाग्ने गर्दछ । यो रोग पनि एक प्रकारको सरुवा रोग हो । यो संक्रमित व्यक्तिको दिसाबाट दुषित भएको खाना र पानीबाट सर्ने गर्दछ । यो रोग जुनसुकै उमेरका व्यक्तिलाई लाग्ने गरेपनि १५ वर्ष मुनिका बालबालिकामा संक्रमण दर र जटिलता उच्च हुने अध्ययनले देखाएको बताईन्छ ।
यो रोग लाग्दा उच्च ज्वरो आउने, जाडो हुने, पसिना आउने, टाउको, जिउ दुख्ने, जिब्रोमा सेतो लेत लाग्ने, पेट दुख्ने, पखाला लाग्ने वा कब्जियत हुने लगायतका लक्षणहरु देखिने गर्दछ ।
यो रोग लागिसकेपछि समयमै उपचार नगरे वा वेवास्ता गरे सानो आन्द्रामा घाउ हुने, रगत बग्ने र प्वाल पर्ने, शरीरका विभिन्न भागमा संक्रमण फैलिएर असर देखिने, मस्तिष्क सम्बन्धी जटिलताहरु देखिने र विरामीको मृत्यु समेत हुन सक्ने जोखिम हुने गर्दछ ।





















Discussion about this post