महोत्तरी/चैत २१ गते। एक २२ वर्षीय एक युवतीलाई जब रजस्ती क रणी गरेको अभियोगमा महोत्तरीको गौशला प्रहरीले २८ वर्षीय एक युवकलाई प क्राउ गरेको छ। प क्राउ पर्नेमा धनुषाको क्षिरेश्वर नगरपालिका वडा नम्बर ८ बस्ने संतोष महतो रहेका छन्।
गत चैत्र १३ गते ४ बजेर ४० मिनेटमा महोत्तरीको बर्दिवास वडा नम्बर १ बजारबाट ति युवतीलाई ललाई फकाई गरी मोटरसाईकलमा चढाएर महोत्तरीको गौशला नगरपालिका १ सागरनाथ बन बिकास परीयोजनाको जंगलमालगी जब रजस्ती कर णी गरेको अभियोग पिडित युवतीले लगाएकी छिन।
घटनापछि पिडित पक्षको जाहेरीको आधारमा संतोषलाई प्रहरीले प क्राउ गरेको र उनी माथी थप अनुसन्धान प्रारम्भ गरिएको ईलाका प्रहरी कार्यालय गौशलाले जनाएको छ।





















Discussion about this post