सिरहा/चैत १८ गते । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ११ का बलकावाका वडाअध्यक्ष ५१ वर्षिय रामदेव यादवको निधन भएको छ ।
मुटुरोगबाट पीडित यादवको आज विहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृ त्यु भएको हो । गत फागुनमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजार आएका बेला बेहोस भएका थिए ।
उनलाई थप उपचारको लागि विराटनगर लगेपनि उपचारको क्रममा मृ त्यु भएको गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य गंगा कुमारीले जानकारी दिए । उनको तीन छोरी र श्रीमती छन् । उनी नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए

















Discussion about this post