अरुण कुमार यादव/सप्तरी/चैत्र १४ गते। सप्तरीको राजविराज नगरपालिका वडा नं.- ९ गढियाबाट जुवा खेल्ने आठ जनालाई सप्तरी प्रहरीले आज प क्राउ गरेको छ ।
स्थानीय बिरेन्ऽ प्रसाद यादवको घर कोठा भित्र पैसाको हारजित हुने गरी जुवा खेली रहेको अवस्थामा निज घरपटी बिरेन्द्र सहित सोही ठाउाका ४० बर्षीय सन्तोष दास, ३१ बर्षीय बिजय दास, रुपनी गाउापालिका वडा न-५ बस्ने २७ बर्षीय सरोज कुमार शर्मा , ४० बर्षीय बिद्यान्द ठाकुर, राजबिराज नगरपालिका ६ बस्ने ४२ बर्षीय नवल किशोर चौधरी, डाक्नेशवरी नगरपालिका वडा न-७ बस्ने ४०बर्षीय सुर्य देव राय र डाक्नेश्वरी नगरपालिका ८ बस्ने ४३ बर्षीय रामलाल मुखिया लगायत आठ जनालाई प क्राउ गरिएको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले बताउनुभयो ।
वडा प्रहरी कार्यालय राजबिराजबाट पहरी नायव निरिक्षक सुमन महन्त गिरीको कमाण्डमा खटी गएको प्रहरी टोलीले उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाउको छ ।
उनीहरुको साथबाट जुवा खेल्न प्रयोग हुने १६ थान कौडा , बिभिन्न दरको ४५,००० ९ पैतालिस हजार ० नेपाली नोट र भारतिय ३३० सय रुपैया बरामद गरिएको छ ।
यता प क्राउ गरी दाखिला गरेकोमा निजहरु उपर जुवा सम्बन्धी कसुर मुद्दा दर्ता गरी आजै म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

















Discussion about this post