काठमाडौं/चैत ८ गते। तेलुगुकी लोकप्रिय अभिनेत्री गायत्री अर्थात् डोली डिक्रुजको कार दुर्घटनामा नि धन भएको छ । उनी वेब सिरिज ‘मेडम सर मेडम अन्ते’बाट लोकप्रिय भएकी थिइन् ।
गायत्री आफ्ना साथीहरूका साथ कारमा घर आइरहेकी थिइन् । उनको कार हैदराबादको गच्चीबोली क्षेत्रमा दुर्घटना भएको थियो । गायत्रीको घटनास्थलमै मृ त्यु भएको थियो ।
समाचारअनुसार कार गायत्रीकी साथीले चलाएकी थिइन् । तर कार डिभाइडरमा ठोक्किएपछि नियन्त्रण बाहिर गयो । दुर्घटनामा गायत्रीसँगै उनको साथीको पनि नि धन भएको छ । स्थानीयले गायत्रीसहित उनका साथीलाई अस्पताल पु¥याए पनि उनीहरूलाई मृ त घोषणा गरिएको थियो ।
दुर्घटनामा अर्को एक महिलाको पनि नि धन भएको बताइएको छ । अभिनयमा आउनुअघि गायत्री आफ्नो ग्ल्यामरस इन्स्टाग्राम पोस्टसँगै आफ्नो युट्युब च्यानल जलसा रायुडूका माध्यमबाट चर्चित बनेकी थिइन् । उनको सामाजिक सञ्जालमा फ्यान फलोइङ अत्यधिक छ ।














Discussion about this post