सुरेश राय/सिरहा/फागुन ३० गते । सिरहामा कार दुर्घटना हुँदा एकजनाको मृ त्यु भएको छ ।
बेहुला सहित जन्ती बोकेको कार रुखमा ठोकिदा एक जनाको मृ त्यु भएको छ भने चार जना घाइते भएका छन। जन्ती बोकेर धनुषाको कमला नपा १ बेतहाबाट सिरहाको लक्ष्मीपुर पतारीको लागि आउँदै गरेको बी.आर ०७ एम ३०६३ नम्बरको भारतिय नक्वरको कार वीतेराती चोहर्वा सिरहा सडकको नरहा गापा ३ खोरियानजीक रुखमा ठोकिंदा बेहुलाको दाजु २२ वर्षिय धिरज मण्डललको मृ त्यु भएको हो ।
प्रहरीका अनुसार बेहुला रोशन मण्डल र अन्दाजी बर्ष १२ का आयुष मण्डलको अबस्था सामान्य रहेको प्रहरीको भनाई रहेको छ । गम्भिर घाइते २७ वर्षिय सोभलाल मण्डललाई थप उपचारका लागि बिराटनगर लगिएको जनाएको छ ।
गाडिका चालक फ रार रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । प्रहरीले अत्यधिक गतिका कारण दुर्घटना भएको अनुमान गरेपनि घटनाबारे थप अनुसन्धान भईरहेको र चालकको खोजी भईरहेको जनाएको छ ।

















Discussion about this post