विसुनदेव सरदार/सिरहा/फागुन २५ गते। सिरहाको नरहा गाउँपालिका वडा नम्बर -५ नरहामा ३ तल्ले ३६ कोठ्ठे नयाँ प्रशासकीय भवनको निर्माण कार्यमा तीव्रता देखिएको छ।

उक्त प्रशासकीय भवनको कुल लागत लगभग ५ करोडको लगानीमा गाउँपालिकाले निर्माण गर्न लागिएको बताए।
आर्थिक वर्ष २०७७/०७८ मा ठेक्का लिइएका धुलिखेल अन्सुमन जे.भी. कन्स्ट्रक्सन कम्पनीले ३ वर्षमा निर्माण कार्य पूरा हुने गरि ठेक्का सम्झौता गरिएको नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवले बताए ।

अहिले ठेक्कदार कम्पनी धुलिखेल अन्सुमन जे. भी कन्स्ट्रक्सन कम्पनीले २५ % प्रतिशत काम पूरा गरेको छ।
पहिला निकै नै प्रशासनिक कामकाजका लागि अपठ्यारो र सास्ती भएको हुदाँ प्रशासनिक कामकाजलाई थप स्तरीय बनाउने उदेश्यले सो नयाँ प्रशासनिक भवन निर्माण गर्न लागिएको बताएका छन् ।
अहिले नरहा गाउँपालिकामा जम्मा ५ वटा वडाहरु छन। ती वडाहरुमा गाउँपालिका स्तरीय योजनाका आधारमा ५०% काम पूरा गरि सकेको गाउँपालिका अध्यक्ष रामशरण यादवले बताए ।
सडक ढलान, कृषि क्षेत्रमा पोलिङ्ग , ट्रान्सफर्मर, सामुदायिक भवन, शिक्षा ,स्वास्थ्य लगायतका क्षेत्रमा स्तरोन्नतिमा लागिएको बताएका छन। यो सँगै समग्रमा जनताको चाहना र हकहितका निम्ति गाउँकार्य पालिका सदैव तत्पर रहेको गाउँपालिका अध्यक्ष रामशरण यादवले बताए ।

















Discussion about this post