अरुण कुमार यादव/सप्तरी/फागुन १७ गते। हिन्दुहरुको महान पर्व शिवरात्रीको अवसरमा सप्तरी जिल्लाको शिवालयहरुमा आज बिहानेदेखि हिन्दुधर्मलवीहरुको पुजापाठका लागि भिड लागेको छ ।
जिल्लाको शम्भुनाथ नगरपालिकामा रहेको ऐतिहासिक एवम पुरातात्बिक महत्व बोकेको शम्भसनाथ महादेव मंदिरमा आज बिहानै देखि पुजा आर्चानाको लागि भिड लागेको छ ।

आज बिहान ४ बजे देखि फुलमाला, बेलपत्र धथुर, मिस्ठान तथा फलफुसहित रंगिचङगी लुगा लगाई महिला,पुरुष,बालबालिका, बृद्धबृद्धाहरु शम्भुनाथको शिव मंदिरमा चढाउको लागि लामब्ध रुपमा लागेको पाइएको छ ।
बिभिन्न धोजा तथा बलवतीले सिङगारिएको सो मंदिरमा पुजापाठको लागि सप्तरी,सिरहा तथा भारतको बिहार राज्यका सुपौल र मधुवनी जिल्ला लगायत शहरी तथा ग्रामीण क्षेत्रका धर्मलाम्बीहरु आज बिहानै लामब्ध लागेर पुजा आजा गरिरहेका छन ।
त्यस्तै सप्तरीको राजविराज नगरपालिका नजिक रहेको नन्देश्वर महादेव मन्दिरमा हजारोको संख्यमा भक्तजनहरु लाईनमा बसेर पुजाआजा गरिरहेका छन ।
महदेवा गाउँपालिकास्थित शिव मंदिर र हनुमानगर कंकालनी नगरपालिका २ सकरदहीमा रहेको महादेव मंदिर तथा कंचरुप नगरपालिकाको बलुवामा रहेको शिव मंदिर लगायतको बिभिन्न शिवालयमा दर्शनार्थीहरुको भिड लागेको छ । आजको दिन शुद्धभई शिवको पुजापाठ तथा वर्तबन्द बस्नाले सुख समृद्धि तथा दिर्घायु हुने जन बिश्वास रहेको छ ।

















Discussion about this post