जनकपुरधाम/फागुन १६ गते। धनुषा प्रहरीले जब रजस्ती क रणी आरोपमा प क्राउ गरेको जनकपुधाम उपमहानगरपालिका–४का सोनुकुमार भगत निर्दोष रहेको उनकी श्रीमति रुबीदेवी भगतले दाबी गरेकी छिन् ।
जनकपुरधाममा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी रुबी भगतले भनिन्,‘प्रहरीले उनलाई ११ गते पक्राउ गर्यो र उनीमाथि १० गत्ते क रणी गरेको आरोप लगाइएको छ , जबकी त्यो दिन मेरो श्रीमान् वीरगञ्ज गएका थिए ।
जउनपा–५मा समेत पुस्तैनी घर रहेको र सोही टोलका २१/२२ वर्षीया एक महिलाले केही व्यक्तिको प्रलोभनमा परी झु ठा मुद्दा दिन लगाइ सोनुलाई फँसाउने षड्यन्त्र गरिरहेको रुबीले आरोप लगाइन् । उनले भनिन्,‘ विगतदेखि नै विभिन्न बहानामा केही व्यक्तिहरुले पटक पटक दुःख दिने गरेकोले पुस्तैनी घर समेत छाडेर जउनपा–४मा बस्न बाध्य भएका थियौं । उनीहरुले जानकी मन्दिर नजिक रहेको करोडौंको जग्गा हतियाउने दाउमा समेत मेरो श्रीमानलाई फँसाउनकै लागि प क्राउ गर्न लगाएको हो।’ त्यसै गरी प्रहरीले प क्राउ गरेपछि केही व्यक्तिहरुले १० लाख रुपैयाँको माग गर्दै श्रीमान् लाई रिहा गराउने धम्की समेत दिएको उनले बताइन् ।
यता जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जितेन्द्र बस्नेतले घटनाबारे अनुसन्धान जारी रहेकोले अहिले केही पनि भन्न नसकिने बताए ।
साभार स्रोत-ईजनकपुर टुडे अनलाईन बाट

















Discussion about this post