जनकपुरधाम/फागुन ११ गते । प्रहरीले मोटरसाइकल चो रीको आरोपमा दुई जनालाई प क्राउ गरेको छ ।
गत माघ २४ गते प्रदेश २–०२–००२ प. २७३५ नम्बरको २ सय २० सि.सि.को पल्सर मोटरसाईकल जनकपुरधाम उप–महानगरपालिका– १ भानु चोकमा रहेको सिटिजन बैंक अगाडिबाट चो री भएको थियो ।
प्रहरीले अनुसन्धान तथा खोज तलाशको क्रममा महोत्तरी जिल्लाको बलबा नपा– ३ बाट स्थानीय प्रहरीको सहयोगमा चो रीको मोटरसाइकल सहित धनुषाको मुखियापट्टी मुसहरनिया गापा–३का २० वर्षीय रामजी कुमार यादव र सोही ठाउँका १९ वर्षीय आदम हुसैनलाई प्रहरीले प क्राउ गरेको छ ।
दुबै जनालाई जिल्ला अदालत धनुषाबाट चो री मुद्दामा म्याद थप गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जितेन्द्र बस्नेतले बताए ।





















Discussion about this post