अरुण कुमार यादव/सप्तरी/फागुन ४ गते। सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका वडा नं. १ स्थित भारदह लपटोलिया नजिक कोशी पम्प कनलमा संकास्पत अवस्थामा आज साझ एक ब्यक्ति मृ त भेटिएको छ ।

नाम ठेगाना खुल्न नसकिएको तराई मुलक जस्तो देखिएको अन्दाजी ३५/३७ बर्षको पुरुष पश्चिमी नहर भएर कोशी तर्फ बगिने पम्प कनालमा मृ त्य भएको अवस्थामा श व फेला परेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
उक्त मानिसलई कसेले ह त्या गरेर फालेको होकी आफै साइकल लिएर लडेको भने केही खुल्न नसकिएको तर मृतकको साइकल पनि त्यही रहेको प्रहरीको भनाई छ ।
श व परिक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिाह अस्पतालमा पठाइएको र यता घटना बारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

















Discussion about this post