नवसंग्राम दैनिक बाट/सिरहा/ माघ २९ गते। लहान ५ वडा कार्यालयमा काम गर्दै आएका नसाद शेखले आफ्ना तलब माग गर्दा उनलाई टाउँको फु टाएको छ ।
तलब माग गर्न वडा कार्यालय जाँदा त्यहाँ रहेका राजा मेस्तर, इसराईल मियाँलगायतले कु टपिट गरि बेहोश पारेको पीडित नसादले बताएका छन् । नसादले ‘मलाई पन्चिँगले हानेर टाउँको फु टाए ।’‘त्यसपछि लाती जुत्ताले कु टपिट गरे ।’‘त्यसपछि म बेहोश भए ।’‘केही छिनमा वडाध्यक्ष सुलेमान अंसारी आएपछि थप कु टपिट गर्न आदेश दिएका थिए ।’ ‘बजारको स्टल विवादमा पनि केही महिना उनीहरुले मेरो टाउँको फुटाएका थिए ।’‘त्यतिबेला १७ वटा टाँका लागेको थियो ।’‘ हामीले उनीहरुमाथी ज्यान मा र्ने मुद्दा हालेका थिए ।’ ‘त्यही शिलशिलामा मुद्दा फिर्ता लिएपछि वडा कार्यालयमा जागिर दिएका थिए ।’‘ मुद्दा फिर्तापछि मेरो जागिर पनि चट भएको छ ।’‘ तलब पनि दिन मानेका छैन ।’ ‘म चार महिना काम गरेको छु ।’‘ १८ हजार प्रति महिनाको दरमा मैले तलब पाउँने भनिएको थियो ।’ ‘सोही तलबको पैसा लिन जाँदा मलाई कुटपिट गरी टाउँको फु टाएको छ ।’ ‘मलाई न्याय दिलाउँनुपर्छ ।’ भन्दै नसादले आज पत्रकार सम्मेलन आफ्ना कथन सार्वजनिक गरेको छ ।
लहान ५ को कार्यालयमा नसादलाई माघ २६ गते कु टपिट गरी टाउँको फुटाएको छ । उता, माघ २७ गते वडाध्यक्ष सुलेमान अँसारीले पत्रकार सम्मेलन गरी आफु निर्दोष हुन भनी जिकिर गरेका छन् ।

















Discussion about this post